गण्डकी प्रदेशका सुन्दर खनाल कमेडी च्याम्पियन बन्ने दौडमा

  • ख-
  • ख+

काडमाण्डौ । नेपालकै पहिलो कमेडी रियालिटी शो,कमेडी च्याम्पियन को यतीबेला दोश्रो श्रृखला चलिरहेको छ। त्यसमा गण्डकी प्रदेशका सुन्दर खनाल पनि सहभागी हुनुभएको छ ।

बिगत केही बर्षदेखि कलाकारिता छेत्रमा सक्रिय सुन्दर,चर्चित हास्य टेलिसिरियल हल्का रमाईलो,राजु मास्टरकै सिरिज व्हाट देखि सुन्दरले नै मिमिक्री गरेको रजतपट अन्कल (प्रकाश सुवेदी) को डिरेक्सन मा बनेको सिरियल रिसानी माफमा पनि काम गरिसक्नुभएको छ ।

धेरैलाई थाह नहुन सक्छ सुन्दर रेडियोकर्मी देखि युट्युबर समेत हुनुहुन्छ, वहाँले चलाएको युट्युब कार्यक्रम द बेबि शो तीन बर्ष अघि निकै चर्चित पनि थियो । वहाँ उक्त कार्यक्रममा आफुलाई क्यारेक्टरमा उभ्याउनुभएको थियो । वहाँ बेबि नामक क्यारेक्टरमा सेलिब्रेटिहरु सङ्ग रमाईलो गर्ने गर्नुहुन्थ्यो । युबा ट्यापे शैलीको क्यारेक्टरले सेलिब्रेटी भेट्दा कस्तो कुरा गर्ला भन्ने हिसाबले सोचेर त्यो कार्यक्रम सन्चालन गरेको सुन्दर बताउनुहुन्छ ।

कमेडी गर्ने उद्धेश्य राखेर बाग्मती प्रदेश छिर्नुभएका सुन्दर स्वास्थ्यले साथ नदिएकै कारण युट्युबर बनेको बताउनुभएको छ । मिमिक्री गर्न नमिल्ने अनि घाँटीलाई रेस्ट दिनपर्ने भएपछी रेडियो अडियोको रेडियो कार्यक्रम छोडेर वहाँ युट्युबमा कार्यक्रम गर्न थाल्नुभएको हो । जब स्वास्थ्यमा सुधार हुँदै गयो वहाँको रगतमा पसेको कमेडी फेरि शुरु गर्न थाल्नुभयो र र युट्युब कार्यक्रम बन्द गर्नुभएको थियो ।

केही बर्ष आफ्नो आन्तरिक तयारीमा दर्शकबाट टाढा रहेका वहाँ लकडाउनपछि जनता टिभिबाट प्रशारणमा आएको नेपाली कमेडी शोबाट आफुलाई दर्शक सामु ल्याउनुभएको थियो र हाल वहाँ कमेडी रियालिटी शो कमेडी च्याम्पियनमा सहभागी हुनुहुन्छ ।

वहाँको कमेडी च्याम्पियनको शुरुकै प्रस्तुती दर्शकको मनमा बस्न सफल भयो,वहाँले उठाउनुभएको बिषयवस्तु र वहाँले प्रस्तुत गरेका मिमिक्रीहरु दर्शकले औधी रुचाउनुभएको छ । मुखको हाँसोभन्दा सामाजिक विषयबस्तु माथि व्यंग्यात्मक शैलीबाट प्रहार गरेर मनको खुशी ल्याउने सुन्दरको चाहना रहेको छ । वहाँ भन्नुहुन्छ हाँसो भित्र समाजको पीडा ल्याउन सके भने मलाई खुशी महशुस हुन्छ । मेरो प्रस्तुतीले केही हदसम्म मात्रै भएपनी समाजलाई झकझक्याउन सक्यो भने म त्यसमा खुशी हुन्छु ।

वहाँको प्रस्तुती दर्शक र जजको रोजाईमा परिनै सकेको छ ,त्यसैले पनि वहाँ अहिले टप ११ मा हुनुहुन्छ । तर,अब वहाँको अगाडिको यात्रा भने दर्शकको भोटमा भरपर्नेछ । त्यसैले सुन्दरलाई च्याम्पियनको यात्रामा साथ दिनको लागि प्रभु पे एप डाउनलोड गरेर उनको भोटिङ कोड २१ मा भोट गर्नुहोला । साथै बिदेशमा हुनेहरुले पनि प्रभु पेबाट नै भोट गर्नुपर्नेछ र फन्ड लोड का लागि मास्टर कार्ड युज गर्नसक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्