तनहूँ कालिका मन्दिरको समुद्घाटन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ मा रहेको नेपालका १ सय पर्यटकिय गन्तव्यभित्र परेको तनहुूँ कालिका मन्दिर निर्माण सम्पन्न भएको छ । दमौली बजारको शिरको जंगलको बिचमा शान्ति पार्कभित्र मल्लकालिन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको उक्त मन्दिरको मंगलवार एक कार्यक्रमका बिच तनहूँ जिल्ला क्षेत्र नं १ का संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले गर्नुभएको छ ।

उक्त अवसरमा सांसद श्रेष्ठले ” सामाजिक कामहरुमा तेरो र मेरो नभनिकन , यो पार्टी र उ पार्टी नभनिकन लाग्नुपर्ने ” मा जोड दिनुभएको थियो साथै वहाँले ” केन्द्र सरकारबाट उल्लेख्य सहयोग रहेको यो पार्कक्षेत्रलाई अझ बिशेष बनाउन थुप्रै कामहरु गर्न बाँकी रहेकोले आफु र आफ्नो पार्टी नेकपा एमाले सदा लागि पर्ने ” बताउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरगं , जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, तनहूँ उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले ”यसक्षेत्रको विकासको लागि सबैको निरन्तर प्रयास रहनुपर्ने” बताउनुभएको थियो । ३ करोडको लागतमा तयार पारिएको उक्त मन्दिरक्षेत्र घना जंगलको बिचमा भएको र पैदल यात्रा गर्दै सिढीबाट पनि पुग्न सकिने र मोटर मार्गको पनि स्तरोननति भईरहेको कारण पर्यटकियक्षेत्र बन्ने सबैको विश्वास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्