तनहूँ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई डुम्रेमा सम्मान

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग वाणिज्य संघको १६ औं आसन्न अधिवेशनबाट निर्विचित कार्यसमितिका पदाधिकारीहरुलाई डुम्रे बजारमा स्वागत तथा सम्मान गरिएको छ । तनहूँ उद्योग वाणिज्य संघ डुम्रे बजार ईकाईको आयोजनामा उक्त कार्यक्रम भएको थियो । तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष मनकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तनहूँ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष श्री पविन्द्र कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ईमकुमार मल्ल, द्धितिय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
तनहूँ उद्योग वाणिज्य संघ डुम्रे बजार ईकाईका अध्यक्ष नेक महमद मियाँको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्र पियाँले स्वागत मन्तव्य राख्नुभएको थियो ।
डुम्रे बजार ईकाईका सचिव तथा राम जोशीले संचालन गरेको कार्यक्रममा ईकाईका उपसभापति राजेश श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्