लैगिंक हिंसा बारे जनचेतना फैलाउदै तनहूँ हाईड्रो

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ५ पाटनको पराशर आधारभुत विद्यालयमा लैगिंक समानता तथा सामाजिक समावेशिकरण र लैगिंक हिंसा निवारण कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय र सामाजिक व्यवस्थापन सेवा प्रदायक र तनहूँ हाईड्रोपावर लिमिटेडको आयोजनामा उक्त कार्यक्रमको आयोजना भएको थियो ।
उक्त अवसरमा जेसी विज्ञ पिंकी सिंह राणाले सहजिकरण गर्नुभएको थियो । उक्त अवसरमा वहाँले ”वातावरणीय र सामाजिक व्यवस्थापन सेवा प्रदायक र तनहूँ हाईड्रोपावर लिमिटेडले सामाजिक कर्तव्य निर्वाह गर्दै हाईड्रो प्रभावित अन्य क्षेत्रका विद्यालयहरुमा पनि यसप्रकारको कार्यक्रमको आयोजना गर्ने ” बताउनुभएको थियो ।
उक्त अवसरमा विद्यालयका सह प्रधानाध्यापक अनिता काफ्लेले विद्यार्थीहरुमाझ प्रदान गरिएको ” यसप्रकारको कार्यक्रमले समाजमा लैगिंक समानता तथा सामाजिक समावेशिकरण र लैगिंक हिंसा निवारणमा उल्लेख्य मद्धत पुग्ने ” बताउनुभएको थियो ।

जेसी सहायक प्रीति श्रेष्ठका अनुसार आगामी दिनमा भिमाद नगरपालिका वडा नं. ५ को दिपक माध्यमिक विद्यालय, रिसिगं गाउँपालिका वडा नं. १ को दिपक आधारभुत विद्यालय र म्याग्दे गाउँपालिका वडा नं. ४ को गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरुका माझ यस्तै प्रकारको कार्यक्रमको आयोजना गरिने बताउनुभएको थियो ।

कार्यक्रममा पराशर आधारभुत विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत ३४ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्