मादि नदिमा बेपत्ता रमेशको खोजीको लागि गोताखोर आउदै

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका-५ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक युवक बेपत्ता हुनुभएको छ । स्याङ्गजा घर भई वडा नं ५ बस्ने रमेश बि.क. बालुवा लिनको लागि चालकको साथमा उक्त स्थानमा जानुभएको थियोे ।
१८ वर्षीय बि.क. ट्याक्टरमा सहचालकको काम गर्ने जानकारी पाएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । बि.क.सँगै पौडी खेल्दै गरेका साथी बाहिर बि. क. धेरै समयसम्म ननिस्किएपछि सुरक्षा निकायमा खबर गरिएको थियोे । तत्तपश्चात नेपाल प्रहरी, चापाघाटमा रहेको गणबाट नेपाली सेना र स्थानिय बासिन्दाको टोलीले खोजि गर्दा फेला पार्न सकेको छैन । निजको अवस्था अज्ञात रहेकोले खोजीको लागि कुरिनटारबाट गोताखोरहरु मगाईएको छ । अबको केहि समयमा गोताखोरहरु आईपुग्ने र खोजि गरिने जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं डिएसपि युवराज तिमल्सेनाले बताउनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्