विद्यार्थीलाई सुन्धाराको होटलमा लगेर बलात्कार गरेको आरोपमा फरार शिक्षक पक्राउ

  • ख-
  • ख+

काठमाडौं / १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका(९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका(११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेका थिए। पटक(पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
लामा गोरखाको एक विद्यालयमा पढाउँथे।
लामाले आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा राखेर करणी गरेको प्रहरीले जनाएको छ।
लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ गरेको परिसरले जनाएको छ। (सेतोपाटीबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्