कोरोनाबाट तनहूँकी १ महिलाको मृत्यु , गण्डकीमा हालसम्म २४५ को मृत्यु

  • ख-
  • ख+

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पोखरास्थित अस्पतालमा उपचार गराइरहेका ३ जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा उपमहानगरपालिका वडा नं. २५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरि बैशाख १३ गते संक्रमण पुष्टि हुनुभएका पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै पर्वत जिल्ला कै जलजला गाँउपालिका वडा नं. ३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।


तनहूँमा पनि १ को मृत्यु

तनहूँको व्यास नगरपालिका वडा नं. १ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो र हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्