निषेधाज्ञामा बढी भाडा लिनेहरु पक्राउ

  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा मिथिलाका ४३ वर्षीयय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्‍वर र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई गौशालाबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

‘उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशिक रोजगारबाट आइ घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको छौं।’ उनले भने, ‘महामारीको अबस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेका छौं, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिएको पाइए निग्रानीमा राखि नियन्त्रणमा लिने गरेका छौं।’

काठमाडौँदेखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजारदेखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाइसको काउण्टर र प्रदेश ३(०१(००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यस्तै बिहीबार महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लैजाने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोङगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्