मातृभूमिका लागि नेपालीको अपिल !

  • ख-
  • ख+

काठमाण्डौ । पंचायतदेखि लोकतन्त्र आउदासम्म नेपालले राम्रो र ईमान्दार नेता नपाएको बारम्बार आरोप लाग्दै गरेको छ। युवा नेताहरु हुन् या पाका नेता जति नै ठुला ठुला गरे पनि देश विकासको लागि, युवाहरुको रोजगारीको लागि खासै काम गरेको पाईदैन , अहिले पनि विदेशबाट रेमिट्यान्स नभित्रने हो भने संघितासगै गाउँ गाउँका जनप्रतिनिधिहरुलाई तलब भत्ता ख्वाउन नै गारो पर्ने देखिन्छ , यस्तो बिषम परिस्थितिमा देशमा केहि गर्नुपर्छ मातृभुमिको लागि जाग्नुपर्छ भनेर केहि उर्जवान् नेपालीहरु लागिपरिरहनुभएको छ तिनै नेपालीहरु संगठित हुन लागेको अभियान हो मातृभुमिका लागि नेपाली जस्को संयोजक वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी हुनुहुन्छ । उक्त ”मातृभूमिका लागि नेपाली” नामक अभियानले आफ्नो संगठन विस्तार गर्नको लागि सारा नेपालीलाई आफ्नो अभियान ( राजनीतिक एजेण्डा सहितको सङ्गठन) मा आवद्ध हुन आग्रह गरेको छ, उक्त अभियानका केन्द्रिय प्रचार प्रसार विभाग प्रमुख सुशिल देवकोटाबाट जारी गरिएको विज्ञप्तिः


राष्ट्रका निम्ति बिशेष योगदान पुर्‍याउन इच्छुक देशभक्त राष्ट्रबादी नेपालीका निम्ति जारी सूचना !

”मातृभूमिका लागि नेपाली” राजनीतिक दल होइन, तर यो राजनीतिक एजेण्डा सहितको सङ्गठन हो। २०७६ जेठ ४ गते सङ्गठनको सार्बजनिक घोषणा भए यता केवल ७ महिना मात्र यसले आफ्नो साङ्गठनिक गतिविधि सन्चालन गर्न पाएको थियो । त्यसपछि कोरोनाका कारण सङ्गठन बिस्तारमा अबरोध भयो, तथापि हामीले बत्तीस जिल्लामा पाइला टेकिसकेका छौँ ।
१. हामी धर्म निरपेक्षता खारेज गरि बौद्ध, किरात , बोन लगायतका नेपालीहरूले परम्परादेखी मानि आएका सबै धर्मको संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र निर्माण गर्न चाहन्छौं ।
२. जनताको सेवा र सुबिधा सुदृढ तुल्याउने दावी सहित सङ्घीय प्रणाली भित्र्याइएको थियो , जनता पालिकाहरूमा बस्छन, त्यसैले पालिकाहरूलाई अझै मजबुत , शक्ति सम्पन्न र कार्यमुखी बनाउनका निम्ति प्रदेशको संरचना खारेज गर्न चाहन्छौं । केन्द्र र पालिकाको सिधा र मजबुत सम्बन्ध स्थापित गरिनु पर्छ भन्ने धारणा हामी राख्छौं ।
३. देशलाई जातीय आधारमा बिभाजित गर्ने उद्देश्यबाट लादिएको अबधारणा रद्द गर्न चाहन्छौ। जात होइन पिछडिएका बर्गको मूलप्रबाहीकरण हाम्रो लक्ष हो , त्यसनिम्ति सबलिकरणको अवधारणा हामीले अघि सारेका छौँ ।
४. नेपालमा नेपालीले बोल्ने सबै मौलिक भाषाको सम्बर्धन, संरक्षण र अझ बिकसित गर्दै सम्पर्क भाषा नेपालीलाई सर्बमान्य र व्यापक तुल्याउन चाहन्छौं ।
५. भ्रष्टाचार रहित मुलुक बनाउन विशेष अबधारणा र कार्यक्रम बनाएका छौँ । अहिलेसम्म उच्च पदीय जिम्मेवारीमा पुगेका सबै राजनीतिक र प्रशासनिक ब्यक्तिहरूको सम्पत्ति छानवीन गरि उहाहरूको जीवनलाई अझै पारदर्शी र मर्यादित बनाउन चाहन्छौं ।
६. वर्तमान सम्बिधानको प्रस्तावना सहित राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्रिय हित बिपरितका प्राबधान खारेज गरि नेपाली परिवेश अनुरूपको संबैधानिक अभ्यास हामी चाहन्छौं ।
७. सन्तुलित , उपयोगी, ब्यबहारिक तथा राष्ट्रहित केन्द्रीत परराष्ट्र नीति अबलम्बन गर्दै नेपालको साख उच्च बनाउने बिशेष अवधारणा यो सङ्गठनले तय गरेको छ।
८. हरेक नेपालीको सम्पत्ति आर्जन गर्न पाउने हकलाई पूर्ण सूरक्षित तुल्याउदै पिछडिएको बर्गलाई माथी उठाउने न्यायिक आर्थिक कार्यक्रम हाम्रो हुनेछ।
९. सूरक्षा, शिक्षा , स्वास्थ्य र न्याय निशुल्क गर्ने कार्यक्रम सहित एकद्वारप्रणालीको जनमैत्री कर ब्यबस्था लागू हुनुपर्छ भन्ने हाम्रो धारणा छ।
नेपाली माटो र मन बोल्ने यो जनताको सङ्गठनले सिष्टम र संस्कार दुबैमा भारी परिवर्तन गरि शान्त, स्थीर र समृद्ध मुलुक निर्माणको अठोट गरेको छ। कोरोना रक्षात्मक अवस्थामा पुगे लगत्तै हामी उल्लिखित एजेण्डाहरूमा सहमतहरूको बृहत्तर राष्ट्रिय भेला गरि केही अति महत्वपूर्ण निर्णय लिने तयारीमा छौँ । यी विचार अवधारणा सङ्ग सहमत भै देश र जनताका निम्ति जीवन समर्पण गर्न चाहने हरेक जिल्लाका बासिन्दाले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामी सतहत्तर जिल्लामै सङ्गठन बिस्तारित गर्ने तयारीमा छौँ । इमान्दारीका साथ मुलुकको हितमा क्रियाशील हुन इच्छुक हरेक नेपालीजनले सम्पर्क गर्न सक्नुहुनेछ।
नारायण कोइराला 9851180406
भवानी शर्मा 9857630046
जुलुमरत्न डङ्गोल 9851063916
शम्भुमान सिंह 9851079300
डा. सबिन्द्र राज भण्डारी 9846086405
डा. चन बहादुर गुरुङ 9851037515
राजेन्द्र राना मगर 9851226079
मन्जिला शर्मा 9851012332
देवराज पौडेल 9855044623
डोभरलाल शिलाकार 9841270870
गणेश बन्जरा बन्जाडे 9851007757
या सङ्गठनमा आबद्ध आफूले चिनेका या सुनेका कुनैपनि सहकर्मीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
जय मातृभूमि !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्