तनहूँका जनप्रतिनिधिको प्रमुख जिल्ला अधिकारीलाई खुल्ला पत्रः दमौली अस्पतालको लापवाहीलाई नजरअन्दाज नगर्न आग्रह

  • ख-
  • ख+

तनहूँ । पटक पटक विवाद र चरम लापरवाहीको नमुना बनेको तनहूँ जिल्लाको सदमुकाम दमौली अस्पताल बारे ध्यान दिन तनहूँ जिल्लाका एकजना जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेख्नुभएको छ । व्यास नगरपालिका वडा नं. ३ का वडा सदस्य रविन पौडेलले उक्त पत्रमा देशले महामारी भोग्नुपरेको गम्भिर घडिमा अस्पताल आवास गृहमा वियरका वोतलले सरकारी सम्पत्ति तोडफोड भइरहँदा र छरछिमेक र तालुकी अड्डाका कर्मचारीलाई तथानाम गाली गरेको घटना देखि अस्तालमा विना पुर्व जानकारी आउने विरामीले एम्बुलेन्सवाट वेड नै नदेखि मृत्युवरण गर्न विवश किन हुनुपर्यो ? भन्दै बैशाष २६ गते अस्पतालको गेटमा नै मृत्यु भएको प्रकरणको बारेमा प्रश्न उठाउनुभएको छ । साथै उहाँले घटना घट्नुको कारण बारे जनताका तर्फबाट सार्वजनिकिकरणको अनुरोध गर्दछु भन्नुभएको छ । पौडेल उक्त दमौली अस्पताल रहेको वडाको प्रतिनिधि पनि हुनुहुन्छ ।

प्रस्तुत छ व्यास ३ का वडा सदस्य रविन पौडेलको खुल्ला पत्र

तनहूँका प्रजिअलाई खुला पत्र
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय तनहूँ ।

विषय– ध्यानाकर्षण अनुरोध सम्बन्धमा ।
महोदय,
प्रस्तुत विषयका सम्बन्धमा साता दिन भन्दा पनि अगाडी यहाँलाई मैले टेलिफोनबाट दमौली अस्पतालको नेतृत्व गैह्र जिम्वेवार भएका कारण गत वर्ष समेत आइसोलेसनमा विरामीले भर्ना नपाएको तथा पाएकाले पनि उपचार नपाएको विगतको अनुभव जानकारी गराउँदै संकटको घडीमा थप समस्या भोग्नुपर्ने व्योहोरा निवदेन गरेको थिएँ । अस्पताल प्रशासन सुध्रने आशा रत्तिभर नभएकै कारण सो अनुरोध गरेको पनि स्पष्ट पारेको थिएँ । वेलैमा यस्को सम्बोधन भएको भए सायद भानुका कोरोना संक्रमितले समयमै उपचार पाउँथे की वा जीवन जाने थिएनकी भन्ने अव अनुमान मात्र हामी माझ वाँकी रहेको छ ।
देशले महामारी भोग्नुपरेको गम्भिर घडिमा अस्पताल आवास गृहमा वियरका वोतलले सरकारी सम्पत्ति तोडफोड भइरहँदा र छर छिमेक र तालुकी अड्डाका कर्मचारीलाई तथानाम गाली गरेको घटनाको अध्ययनको निष्कर्ष के रह्यो मैले टेलिफोन सम्बादमा नै विज्ञप्ती मार्फत् जानकारी गराउन अनुरोध गरेको थिएँ आज पुन घटना घट्नुको कारण बारे जनताका तर्फबाट सार्वजनिकिकरणको अनुरोध गर्दछु ।
सो घटनाका अन्तर्यवारे वजारमा नै छलफल चलिसकेको अवस्था छ र घटना मदीराको तालमा मात्र नभई नियोजित थियो भन्ने आमचर्चा रहेको छ । त्यसैले पनि घटनाको सत्य तथ्य सार्वजनिक जरुरी छ की सो घटनालाई ओझेलमा पार्न दमौली अस्पतालमा कोभिडको उपचारका लागि सवै व्यवस्थापन सकिएको र तयारी अवस्थामा रहेको समाचारहरु जोडतोडका साथ सार्वजनिक भए, तयारी अवस्थामा रहेको अस्तालमा विना पुर्व जानकारी आउने विरामीले एम्बुलेन्सवाट वेड नै नदेखि मृत्युवरण गर्न विवश किन हुनुपनर्यो ? समाचारमा ३० सिलिण्डर अक्सिजन मौज्दात रहेको जनाइएको छ के त्यो दावि सत्य हो त रु यदि मेरो सुचना गलत छैन भने ३ थान सिलिण्डर मात्र अस्पतालमा मौज्दात रहेको छ । त्यो पनि अक्सिजन निर्यातकर्ताले ३ थान अक्सिजनको सिलिण्डर बाहेकको रकम २४०० विगत ६ महिना देखि भुक्तानी नपाएकाले यो नेतृत्व रहुञ्जेल अक्सिजिन निर्यात नगर्ने बताएको सूचना छ । अक्सिजन मात्रै होइन अब दमौली अस्पतालका औषधि निर्यातकर्ताहरुको पनि कुरा उस्तै बुझिएको छ । तसर्थ व्यक्तिगत आग्रह पुर्वाग्रह नभई यस क्षेत्रका विरामीको जिवन रक्षाका लागि अस्पतालको वस्तुस्थिति राम्रो संग अध्ययन गरी आवश्यक जायज निर्णय लिइदिनुहुन सविनय अनुरोध गर्दछु ।

रबिन पौेडेल
नगरसभा सदस्य, व्यास ३

(रबिन पौेडेलको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्