नेपाली कांग्रेस तनहूँद्धारा प्रेस विज्ञप्ति जारी

  • ख-
  • ख+

तनहूँ । कोरोना भाईरस कोभिड १९ को दोश्रो चरणको कहालीलाग्दो अवस्थाबाट गुज्रिरहदा नेपाली कांग्रेस तनहूँले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा सरकारले आफ्नो पार्टीले दिएको सुझाव नमान्नेदेखि अस्पताल भर्ना भएका विरामीहरुले समेत अत्यावश्यक अक्सिजन, भ्यान्टिलेटर सहितका आईसीयु बेड र औषधीको अभावमा ज्यान गुमाउन परिरहेको छ भने अस्पतालमा बेड नपाएर एम्वुलेन्समै विरामीहरुको मृत्यु भएका कुराहरुलाई उठान गरिएको छ । प्रस्तुत छ नेपाली कांग्रेस तनहूँद्धारा जारी प्रेश विज्ञप्तिः

यतिखेर देशमा कोभिड–१९ को महामारीवाट दैनिक हजारौं व्यक्तिहरु संक्रमित हुन गै अस्पतालहरुले विरामी भर्ना गर्न नसक्ने अवस्था श्रृजना भएको छ । अस्पताल भर्ना भएका विरामीहरुले समेत अत्यावश्यक अक्सिजन, भ्यान्टिलेटर सहितका आईसीयु बेड र औषधीको अभावमा ज्यान गुमाउन परिरहेको छ भने अस्पतालमा बेड नपाएर एम्वुलेन्समै विरामीहरुको मृत्यु हुनाका साथै एम्वुलेन्स समेत नपाएर घरमै विरामीले ज्यान गुमाउनु परेको पिडादायी घटनाहरु घटिरहेका छन् । कोभिडको पहिलो चरण पश्चात भारत लगाएतका देशहरुमा दोस्रो चरणले आक्रान्त पारिसकेको अवस्थामा विज्ञहरुले नेपालमा समेत दोस्रो चरणको प्रकोप आउन सक्ने हुदाँ नियन्त्रण र रोकथामका लागि तयारी गर्न दिएको सुझावलाई वर्तमान सरकारले बेवास्ता गरेका कारण आज देश गंभिर स्वास्थ्य संकटमा परि सकेको छ । नेपाली कांग्रेसले कोभिड–१९ को प्रकोपको प्रारम्भिक चरणमै यसको रोकथाम र नियन्त्रणमा पार्टीको तर्फवाट सरकारलाई पुर्ण सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै रोकथाम र नियन्त्रणका उपाय अपनाउन पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकार सचेत र गंभिर हुनुको साटो यस्तो राष्ट्रिय विपत्तिको अवस्थामा पनि कमिसनको खेलमा डुवेको कुरा कमिसनका कारण कोभिड–१९ को भ्याक्सिन खरिद हुन नसकेको तथ्य सार्वजनिक भएवाट यो सरकार जनताप्रतिको न्युनतम जिम्मेवारीवाट भागिरहेको प्रष्ट भएको छ । महामारीवाट जनताको जिवन रक्षा गर्ने औषधी समेत कमिसन र भ्रष्टाचारका कारण सरकारले किन्न नसकेको घटना जनताप्रतिको अक्षम्य अपराध हो भन्ने नेपाली कांग्रेस तनहुँको ठहर छ ।
यति मात्र होइन, जुन कम्पनिको कमिसन वार्गेनिङ्गका कारण सरकारी तहवाट खरिद गर्न लागिएको ५० लाख डोज भ्याक्सिन खरिद प्रकरण अवरुद्ध भयो, सोही कम्पनिलाई निजिस्तरमा भ्याक्सिन ल्याएर ५ गुणा महङ्गो मुल्यमा विक्रि गर्ने अनुमति सरकारले दिएकोवाट यो सरकार संस्थागत रुपमा कमिसन र भ्रष्टचारमा लिप्त भएको कुरा तथ्यले पुष्टि गरेको छ । विद्यमान ओली सरकारको यस्तो भ्रष्ट र अनैतिक कार्यको नेपाली कांग्रेस तनहुँ घोर भ्रत्सना गर्दछ । यस्तो कमिसन र भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न र नेपाली जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन, आईसियु बेडका साथै कोभिड–१९ को निशुल्क परिक्षण र भ्याक्सिनको व्यवस्था गर्न नेपाली कांग्रेस तनहुँ जोडदार माग गर्दछ । यस तनहुँ जिल्लामा हिजो मात्रै भानु न.पा. वडा नं. १ का एक जना कोभड–१९ का विरामीलाई पटक पटक दमौली अस्पतालले तयारी छैन भन्दै भर्ना लिन नमानी २ घण्टासम्म अस्पताल गेटमै अलमल गराई एम्वुलेन्समै ज्यान गुमाउनु परेको घटनाले सम्पुर्ण तनहुँ जिल्लावासीको स्वास्थ्य असुरक्षाको अवस्था उजागर भएको छ । यस्ता गैर जिम्मेवारी कार्यको सम्वन्धित अस्पताल प्रशासन र जिल्ला संकट व्यवस्थापन समितिले आगामी दिनमा नदोहोरिने गरि क्षमायाचना गर्न समेत माग गर्दछौ ।
यस विषम घडिमा स्वास्थ्यका मापदण्डको पालना गरि आफु र आफ्नो परिवारलाई सुरक्षित राख्नु हुन नेपाली कांगे्रस तनहुँ सवैमा हार्दिक अनुरोध गर्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै पिडितलाई आवश्यक सहयोग गर्नुहुन पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई हार्दिक अपिल गर्दछ । यस दःुखद घडिमा कोभिड–१९ बाट संक्रमित सम्पुर्ण विरामीहरुको शिध्र स्वास्थ्य लाभको कामना गर्दै कोभिड–१९ का कारण ज्यान गुमाउनु भएका सम्पुर्ण दिवंगत आत्माहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्