तनहूँ । लकडाउनको कारण खानेकुराको अभाव झेलिरहेका मानिसहरुलाई सहयोग गर्न तनहूँको दमौलीमा संचालनमा आएको FOOD BANK ले आज पनि राहत वितरण गरेको छ । तनहूँको दमौलीमा रहेको लायन्स क्लब अफ तनहूँ व्यास सिटीद्धारा संचालित FOOD BANK बाट आज १७ घरपरिवारलाई राहत सामाग्री उपलब्ध गराईएको छ । लायन्स क्लब अफ तनहूँ व्यास सिटीका प्रेसिडेन्ट लायन कुमार मल्ल, फष्ट भाईस प्रेसिडेन्ट लायन प्रदिप मल्ल र सदस्य ब्रजेश शाहको टोलिले व्यास नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ । उहाँहरुले व्यास नगरपालिका वडा नं १ को ३ परिवार, व्यास नगरपालिका वडा नं २ को ६ परिवार , व्यास नगरपालिका वडा नं ३ मा १ परिवार, व्यास नगरपालिका वडा नं ४ को १ परिवार र व्यास नगरपालिका वडा नं ५ को ६ परिवारलाई सो समाग्री सहयोग गर्नुभएको छ ।

लायन्स क्लब अफ तनहूँ व्यास सिटीद्धारा संचालित FOOD BANK बाट प्रदान गरिने राहत सामाग्रीहहरुमा प्रति परिवार १० केजी चामल, १ केजी दाल, १ केजी काउली, १ केजी नुन, १ केजी क्वाटी, १ पोका सोयाविन, १ पोका तेल, १ पोका तरकारी, १ वटा सावुन २५ पिस मास्क रहेको क्लबका प्रेसिडेण्ड लायन कुमार मल्ले जानकारी दिनुभयो ।
FOOD BANK ले कसैलाई भोको बस्न नपरोस् भनेर यो अभियान शुरु गरेको र खानाको जोहो गर्न समस्या परेकाहरुलाई सहयोग गरिरहने क्लबका भाईस् प्रेसिडेण्ट लायन प्रदिप मल्लको भनाई रहेको छ ।