भोकालाई राहत बाड्दै दमौलीका लायन्सकर्मीहरुः हालसम्म १५० परिवारलाई खाद्यान्न सहयोग

  • ख-
  • ख+

तनहूँ । लायन्स क्लब अफ तनहूँ व्यास सिटीद्धारा संचालित Lions Food Bank आज व्यास नगरपालिका वडा नंं १३ को वेनिकोटमा कोरोना संक्रमित ८ घर परिवार राहत उपलब्ध गराएको छ । लकडाउनको कारण खानेकुराको अभाव झेलिरहेका मानिसहरुलाई सहयोग गर्न संचालन गरिएको Lions Food Bank यसभन्दा अगाडि पनि विपन्न, असहाय, निमुखा र लकडाउनको कारण खानेकुराको अभाव झेलिरहेका मानिसहरुलाई राहत वितरण गरिरहेको थियो ।
”मानिसहरुलाई लकडाउनको बेला खाद्यान्नको अभाव भएको सुने जुनसुकै स्थानमा राहत पुर्याउन जाने हाम्रो Lions Food Bank ले झन् कोरोना पिडित नै खाद्यान्नको अभावमा रहेको थाहा पाएर वेनिकोट पुगेर सहयोग गरेर आएको” लायन्स क्लब अफ तनहूँ व्यास सिटीका प्रेसिडेन्ट लायन कुमार मल्लले बताउनुभयो ।

” क्लबले चामल, १ केजी दाल, १ केजी क्वाटी, १ पोका, तेल १ पोका सोयाविन, १ कोलो चिउरा, १ पोका तरकारी मसला, १ वटा सावुन २५ पिस मास्क लगायतका सामाग्रीहरु राहत स्वरुप उपलब्ध गराईरहेको Lions Food Bank हालसम्म १५० परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराईसकेको र अभियान जारी पनि रहेको” क्लबका फष्ट भाईस प्रेसिडेन्ट लायन प्रदिप मल्लले बताउनुभएको छ साथै मल्लले ” Lions Food Bank मा सहयोग गरिदिनुहुन” पनि स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी दाताहरुलाई आग्रह पनि गर्नुभएको छ ।

उक्त राहत वितरण कार्यक्रममा वडा सदस्य एकराज तिवारी, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष एवं चार्टर प्रेसिडेन्ट अफ् लायन्स क्लब अफ् तनहूँ व्यास सिटी पविन्द्रकुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहूँ व्यास सिटीका प्रेसिडेन्ट लायन कुमार मल्ल, क्लब अन्य पदाधिकारीहरु शान्ता बास्तोला र महम्मद अलिको पनि उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्