तनहूँ । बन्दीपुर गाउँपालिका वडा नं.१ का व्यवसायी तथा राष्ट्रिय युवा संघ तनहूँका जिल्ला सदस्य बसन्त पौडेलले बन्दीपुर गाउँपालिकामा बाढि पहिरोबाट विस्थापित हुनुभएका, अविरल वर्षाका कारण घरमा बास बस्न समस्या हुने मानिसहरुका लागि सहयोग गर्नुहुने भएको छ । उहाँले ”बर्षा नरोकुन्जेल वा बाढि, पहिरोले घरबार बिहिन भएकाहरुको केहि व्यवस्था नभईन्जेलसम्मको लागि निःशुल्क बस्न र खानाको लागि आफुले आफ्नो होटेलमा व्यवस्था मिलाउने ” बताउनुभएको छ । उहाँले ”आफ्नो मानविय धर्म सम्झेर बाढि पहिरोबाट विस्थापितहरुलाई बस्न र खानाको सेवा सुबिधा प्रदान गर्न लागेको हुँदा बिपतमा पर्नु हुने सम्पूर्ण बन्दिपुर गाउँपालिकाका बासिन्दाले विना संकोच आफ्नो मोवाईल नम्बरमा सम्पर्क गर्नुहुन पनि अनुरोध” गर्नुभएको छ ।
बुधबार र बिहविार परेको पहिरोमा परि बन्दिपुर गाउँपालिका वडा नं. ३ मा २ जनालेृ ज्यान गुमाउनुका साथै दर्जनौ मानिसहरुका घर पहिरोले बगाएको छ ।
बन्दिपुर गाउँपालिकाका बासिन्दालाई निः शुल्क गाँस र बासको व्यवस्था गर्ने वाचा गर्ने पौडेलले बन्दिपुर गाउँपालिकाभित्र विभिन्न होटलहरु संचालन गर्नुका साथै कृषि फर्म पनि संचालन गरिरहनुभएको छ ।
सम्पर्क:
बसन्त पौडेल ९८५२८५११०९
गणेश ९८४१३६८०९१









