तनहूँ । तनहूँको आँबुखैरनी गाँउपालिका वडा नं. २ ऐना पहरामा भएको बस र टाटा सुमोको दुर्घटनामा १३ जना यात्रुहरु घाईते हुनुभएको छ । पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिनबाट आबुखैरेनी तर्फ आँउदै गरेको ग २ ख ३०७ नं. को बस र विपरीत दिशा तर्फ बाट आँउदै गरेको ग ३ च ६०१२ नं. को टाटासुमो एक आपसमा ठक्कर खाँदा टाटासुमो सडक देखी अन्दाजी ५ मिटर तल खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूाले जनाएको छ । । उक्त घटनामा परी घाईते भएका यात्रुहरुलाई प्रहरीद्वारा उद्दार गरी स्थानिय हाडजोर्नि अस्पताल पठाइएकोमा ९ जनालाई थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज रिफर गरिएको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । बस चालक इ.प्र. का. आबुखैरेनीको नियन्त्रणमा रहेको र टाटासुमो चालक पनि घाइते भएकोले उपचाररत रहेको बताईएको छ ।


छुटाउनुभयो कि ?






