तनहूँ । तनहूँका प्रतिभाशाली गायक अशोक तिमल्सेनाको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । चर्चित गायीका शान्ति श्री परियारले उक्त गीतमा अशोक तिमल्सेनालाई साथ दिनुभएको छ । गायक तिमल्सेनाकै शब्द र संगीतमा तयार भएको गीतको म्युजिक भिडियो स्मृति तिमल्सेना गुरुआमाको निर्देशन र शुरेश श्रेष्ठको छायांकन रहेको छ । निकै आर्कषक बनेको म्युजिक भिडियोमा बिमल अधिकारी, कविता न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
सानैदेखि गायनमा रुचि राख्ने तिमल्सेनाले ”आफुले किन हो र बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा पाईला चाल्दै गरेको र अग्रजहरुले आफ्नो शब्द , संगीत र गायन सुनेपछि सम्भावना रहेको गायक बताएकोले दर्शक तथा श्रोताहरुबाट माया पाउने विश्वास लिएको ” बताउनुभएको छ ।
कृषिप्रधान देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानका साथ दर्जनौ भैसी तथा गाई पालन गरि कृषि पेशा अपनाईरहनुभएका गायक तिमल्सेना व्यास नगरपालिका वडा नं. १० डिहिकुनाको बासिन्दा हुनुहुन्छ ।









