तनहूँ । नेपाली कांग्रेस तनहूँ क्षेत्र नंं २ प्रतिनिधिसभा क्षेत्रिय कार्यसमितिद्धारा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका सल्लाहकार बाट शोक व्यक्त रुद्रबहादुर सेन, क्रियाशिल सदस्य लक्ष्मी खाँड ठकुरी र ओमप्रकाश( सोम) गुरुगंको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँहरु तिनै जनाको यहि फागुन २९ गते पृथ्वी राजमार्ग अन्र्तगत आँबुखैरेनीको चुनपहरामा दुर्घटना परि निधन भएको थियो । वक्तब्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिवंगतजनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ साथै वक्तब्यमा उक्त दुर्घटनामा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
साविक ढोरफिर्दी गाँउ पन्चायतका प्रधानपन्च, नेपाली कांग्रेसका अग्रज नेता, नेका तनहूँ जिल्ला कमिटिका पुर्व जिल्ला सदस्य एवं नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका सल्लाहकार रुद्रबहादुर सेनको सम्मानमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रिय कार्य समिति चैत्र १ गते आधा झुकाउने पनि निर्णय गरेको छ ।








