राम्चे खानेपानीको अध्यक्षमा उद्धव जि.सी.चयन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १० दुम्सिकोटको राम्चे खानेपानी सरसफाई तथा उपभोक्ता समितिको अध्यक्षमा युवा समाजसेवी उद्धव जि.सीं चयन हुनुभएको छ । समितिका अध्यक्ष जित बहादुर सिजालिको अध्यक्षतामा भएको राम्चे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २१ औं साधारणसभा तथा पाँचौं अधिवेशनले जि.सी.लाई अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा बालकृष्ण बि.क., सचिव रमेश गिरी, कोषाध्यक्ष बेलु कुवर लगायतका ११ सदस्यिय समिति बनाईएको छ । व्यास १०का वडा अध्यक्ष तुलसीराम सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य पतिमाया दरै , नेपाली काङ्रगेस व्यास नगर सचिव खेम राज पोखरेल, नेकपा एमाले व्यास १० अध्यक्ष मदन तिमल्सेना, काङ्रगेस व्यास १० सभापति प्रेमराज मिश्र लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष चयन पश्चात नवनिर्वाचित अध्यक्ष जि.सी.ले आफु सदा उपभोक्ताहरुको हितको लागि काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?