व्यास ४ को क्लबद्धारा युवाहरुलाई १५ दिने मुढा बुनाई तालिम दिदै

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ४ मा रहेको व्यास युवा क्लबद्धरा १५ दिने मुढा बुनाई तालिम संचालन गरेको छ । क्लबका कोषाध्यक्ष राजकुमार थापाको सभापतित्वमा भएको कार्याक्रमको आईतवार क्लबका पुर्व अध्यक्ष कुमार गुरुगंले उद्घाटन गर्नुभएको थियो ।
१५ बर्षदेखि ४५ बर्षका युवाहरुको सहभागिता रहने उक्त तालिममा ४५ जना युवाहरुको सहभागिता रहने क्लबका सचिव मनोज राउतले जानकारी दिनुभएको छ । युवाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ संचालन गर्न लागिएको मुढा बुनाई तालिमका प्रशिक्षक सुकुम श्रेष्ठ रहनुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्