पौडेलको आगमनको खबरसगै तनहूँ काग्रेसका नेताहरुको ओठतालु सुक्दै

  • ख-
  • ख+

(नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेललाई टोपी लगाईदिदै नेका तनहूँका सभापति एवं व्यास न.पा.का मेयर बैकुण्ठ न्यौपाने) (तस्विरः माधब पौडेल)

तनहूँँ । मंसिर १५ । नेपाली कांग्रेसको राम्रै जगजगी हुदा तनहूँ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारहरुले विजयी झण्डा फहर्याउथे । देशभर कांग्रेसको किल्ला तनहूँको निकै ओजिलो नाम थियो ।

श्रीभद्र शर्मा खनाल, गोर्वद्धन शर्मा जस्ता हस्तिले जग हालेको कांग्रेसलाई कसैले हल्लाउन सक्छ भनेर धेरैले सपनीमा पनि सोचेका थिएनन् । त्यसमाथी रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी, रामचन्द्र पोखरेल, शंकर भण्डारी, ध्रुव वाग्ले, प्रदिप पौडेल, गोविन्द भट्टराई, झुलबहादुर आलेको केन्द्रदेखि तलसम्म वर्चश्व हुदाहुदै पनि पछिल्लो पटकको निर्वाचनमा प्रदेश तथा संघमा नेपाली कांग्रेसले कसैलाई पनि विजयी बनाउन सकेनन् । यहाँसम्म कि चुनावको नतिजा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जीवन कै नमिठो चुनावी नतिजा हुन पुग्यो ।

तनहूँ कांग्रेसको किल्लालाई आफ्नाहरुको नजर लाग्यो कि अरु बलिया हुनाले पछारे त्यो त ईतिहासले बताउला तर कमजोर भईरहेको कांग्रेसलाई झन् पछिल्लो समय अविछिन्न रुपमा हमला भईरहेको छ । त्यो हमला हो बिशेषत तनहुँ जिल्ला क्षेत्र नंं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले कांग्रेसका नेता तथा कार्यकर्तालाई लगातार नेकपामा प्रवेश गराउनु । कहिले रामचन्द्र पौडेलकै छिमेकी बाँसपानीतिरका कांग्रेसहरु नेकपा छिर्छन् भने कहिले जन्मजात कांग्रेसको सेवा गरेका व्यास १ का भट्ट खलकहरु नेकपा छिरेका छन्, “रामचन्द्र पोखरेलले वराखी बारेको बेलामा मैले मेरो घरको सिरानको तलामा लुकाएर राखेको हुँ, आज मैले गाउँको विकास गर्नुपर्छ भनेको कुरा कांग्रेसमा कसैले सुनेनन्” भनेर गला अवरुद्ध गर्ने व्यास ३ रानीगाँउका झलक पौडेलले जन्मजात भिरेको कांग्रेसको पगरी बुल्दी खोलामा बगाउदै “लालसलाम” भनेर मुड्की कसेका छन् ।
हुन त जुन पार्टी सरकारमा छ त्यो पार्टीमा प्रवेश गर्नुलाई खासै नौलो मानिदैन तै पनि सत्तारुढ दलको केन्द्रमा विवाद मच्चिरहेको बेला प्रायजसो नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गर्नेको लहर आईरहदा र आईतवारमात्र भानुमा केहि व्यक्तिहरुलाई सांसद श्रेठले फुलमाला लगाईरहदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न कार्यक्रम लिएर जिल्ला आउने कार्यक्रम तय भएको छ । नेपाली कांग्रेस तनहूँका कार्यवाहक सभापति जितप्रकाश आलेका अनुसार रामचन्द्र पौडेल जिल्लामा १६ र १७ गते आयोजना हुने कार्यक्रममा सहभागी हुदै हुनुहुन्छ । वहाँका अनुसार वरिष्ठ नेता पौडेलले सेति नदिमा बनेको पुल उद्घाटन, रिसिगं गाँउपालिका वडा नं. १ झापुटारमा सभाहल उद्घाटन, व्यास नगरपालिका वडा नं. १, १० र ११ जोड्ने तालघरेको बुल्दि खोलामाथिको पुल उद्घाटन र रानीगाउँमा डिप वोरिगंको सिलन्यास गर्ने कार्यक्रम रहेका छन् ।
विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आएको भए पनि वरिष्ठ नेता पौडेलको यसपटक जिल्लाको आगमनलाई भिन्न कोणबाट व्याख्या गर्न थालिएको छ । वरिष्ठ नेता पौडेल विभिन्न विकास निर्माणका कामहरुको उद्घाटन गर्नभन्दा पनि लगातार पार्टीमा गईरहेको पहिरोको बारेमा तनहूँका नेताहरुलाई झपार्न र रोकथाम बारे सल्लाह गर्नको लागि आउन लाग्नुभएको हो भन्ने नेपाली कांग्रेसभित्रकै नेताहरुको दावी रहेको छ त्यसबारेमा आलेसग सम्पर्क गर्दा “वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गर्नेहरुको बारेमा चासो त राख्नु भएको थियो तर जिल्ला आउन लाग्नुभएको माथी उल्लेखित कार्यक्रमको लागि नै हो ।” साथै आलेका अनुसार “खासै समाचार आएको जस्तो नेपाली कांग्रेसका कार्यकर्ता पार्टी परित्याग गरेका छैनन् नेकपाले आफ्नै कार्यकर्तालाई टिका लगाउदै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको भन्दै हल्ला मात्र गरेको हो, चिन्ता मान्नुपर्ने अवस्था छैन ।”

केन्द्रमा सभापतिको उमेदवार हुन लाग्दा शेरबहादुर देउवा लगायत अनेकनसग पैठेजोरी खेलिरहदा जिल्ला हाँक्नु पर्ने नेताहरुले कार्यकर्तालाई रोक्न नसक्दा यसपटक वरिष्ठ नेता पौडेलले धेरैलाई बैठकमा भन्नुहुनेछ “जिल्लामा बसेर के गररिाछौ तिमीहरुले हअ … ? तिनीहरुलाई यसो सम्झाई बुझाई गर्नुपर्दैन ? यस्तो चालाले बाहिर राम्रो म्यासेज गएन क्या ! अब म नै गाउँ गाउँ कार्यकर्तालाई सम्झाउन जानुपर्ने भयोे ? हअ… तिमीले न गोविन्दराज जोशीलाई सम्हाल्न सकेउ, न भानुतिरका पदम थापा पारस, बिष्णु अधिकारी, गोपाल श्रेष्ठ, बिमला आले, न त बाँसपानीकालाई, अनि व्यास १ गल्बुबेसीको कृष्ण भट्ट, व्यास १० दुम्सिको हिरा दरै व्यास ३ रानीगाउँ का झलक पौडल, राजु पोखरेललाई पनि रोक्न सकेनौ है ? हैन यो के भाको ….? अब तिनीहरुसगै गएका दर्जनौ कार्यकर्तालाई त हाम्रा हैनन् भनुँला तर तिनीहरु हाम्रा कार्यकर्ता हैनन् कसरी भन्ने मैले ? यस्तो पाराले त डुबाउने भयौ तिमीहरुले मलाई । पार्टी झन् बलियो बन्ला भन्दा त नजिककै कार्यकर्ताले पनि साथ छोड्दै छन्, धोति न टोपी बनाउने भयौ है मलाई ? (बैठकमा सन्नाटा छाउने छ ।) (तस्विरः माधब पौडेल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्