व्यवसायी दाहालद्धारा न्यानो कपडा वितरण अभियानलाई ५० थान ज्याकेट सहयोग

  • ख-
  • ख+

मदन तिमल्सेना । काठमाण्डौ । मंसिर १५ । विराटनगरका युवाहरुले चलाएको न्यानो कपडा वितरण अभियानलाई काठमाडौका व्यवसायी कमल दाहालले नयाँ ज्याकेट सहयोग गर्नुभएको छ । काठमाडौ स्थित ठमेलमा रहेको के.डि एक्पोर्टका प्रमुख समाजसेवी समेत रहेका कमल दाहालले न्यानो कपडा वितरण अभियानलाई ५० थान नयाँ ज्याकेट सहयोग गर्नुभएको हो ।
आइतबार काठमाडौमा ‘हाम्रो अभियान’ को नेतृत्व गरिरहेका समाजसेवी ओसिम आलमलाई व्यवसायी दाहालले ५० थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो । अभियानलाई नयाँ कपडा सहयोग गरेकोमा अभियन्ता आलमले खुशी व्यक्त गर्दै अझै यस्ता कामहरु गर्न हौसला मिलेको बताउनुभयो ।

कोरोनाका कारण लामो समयदेखि व्यापार व्यवसाय ठप्प भएपनी उदार मन भएका व्यवसायी दाहालले भने युवाहरुको अभियानलाई सहयोग गर्नुभएको हो । लडाउनका कारण विषेशगरि व्यवसायीहरु बढि मारमा परेका छन् । महिनौँ दिनसम्म ठमेल ठप्प हुँदा लाखौँको घाटा लागेको भएपनी युवाहरुको यस्तो उदाहरणीय काम देखेर आफुलाई सहयोग गर्न मन लागेको व्यवसायी दाहालले बताउनुभयो । ‘लकडाउनका बेला पनि समस्या परेकाहरुलाई १२० दिनसम्म निरन्तर निशुल्क खाना खुवाएको यो युवाहरुको समुहको जति तारिफ गरेपनी कमै हुन्छ।’ दाहालले भन्नुभयो । अहिले यति राम्रो अभियानलाई थोरै भएपनी सहयोग गर्न पाउँदा आफ्नो व्यवसायको घाटा समेत भुलेको छु।’ दाहाल व्यवसायी मात्र नभएर एक समाजसेवी समेत हुनुहुन्छ । वहाँले धेरै सामाजिक कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ ।

विराटनगरका युवाहरुले ‘हाम्रो अभियान’ नाम दिएर विभिन्न अभियान सन्चालन गर्दै आइरहेका छन् । लकडाउनका बेला १२० दिनसम्म सडक पेटिमा बस्ने गरिब , असहाय , विपन्न वर्गलाई समेत निशुल्क खाना खुवाएको यो अभियानले हाल न्यानो कपडा वितरण अभियान चलाएको छ । यो अभियान अन्तर्गत हालसम्म १२ सय थान भन्दा बढी न्यानो कपडा वितरण गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्