कांग्रेसबाट व्यास २ मा अध्यक्षका आकांक्षी २ दर्जन नजिकः सबैलाई वडा अध्यक्ष हुने रहर

  • ख-
  • ख+


तनहूँ । व्यास नगरपालिका वडा २ मा पनि नेपाली काग्रेसबाट वडा अध्यक्ष हुने आकांक्षीहरुको लर्को लागेको छ । बैशाष ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि ईच्छुक उमेदवार चयन कार्यक्रम राखिएकोमा २१ जनाले आफ्नो दावी पेश गर्नुभएको छ ।
यसरी आफुलाई व्यास नगरपालिका वडा नं. २ दमौली बजारको वडा अध्यक्ष हुन योग्य सम्झेर वडा अध्यक्ष हुन चाहने व्यक्तिहरुको नामावली निम्नानुसार रहेको छ राजकुमार श्रेष्ठ राकु, जुनराज श्रेष्ठ, लालबहादुर थापा, कल्पना पोखरेल, सुरेश वाग्ले, सूर्यनाथ खनाल, सुकनारायण मल्ल, कृष्णहरि गैर्हे , पविन्द्र भट्राई, सुरेश पुरी, दिर्घबहादुर थापा क्षेत्री, काशीराम श्रेष्ठ, सूर्यभक्त अधिकारी, टुकबहादुर हमाल ठकुरी, सूर्जकुमार मल्ल, तिलबहादुर थापा, बैकुण्ठनाथ मिश्र, नोमा थापा, बिष्णुकुमार मल्ल, भगवती श्रेष्ठ र चिरकाजी बतास ।
आफु विकास निर्माणको अभियन्ता, सामाजिक काममा अब्वल रहेको, पार्टीको लागि योगदान गरेको बताउने आफु निर्वाचित भएपश्चात वडा अध्यक्षले सुविधा तलब लिन्न भन्नेदेखि तलब भत्ता दुवै लिन्न भन्नेहरुसम्म हुनुहुन्छ । बजारक्षेत्र भएको कारणले धेरै जसो उद्योगी व्यापारीहरुको संस्था तनहूँ उद्योग बाणिज्य संघमा प्रतिनिधित्व जनाएका व्यक्तिहरु आकांक्षी देखिनुभएको छ भने नेपालभर जस्तै पुराना जनप्रतिनिधिहरुले पनि पुन दोहोरिने चाहना राख्नुभएको छ । २१ जनाले वडा अध्यक्षमा आकांक्षा राख्दा ३ जना महिलाले पनि आकांक्षी हुनुहुन्छ । त्यसैगरि वडा सदस्य पदको लागि व्यासका अन्य वडाको तुलनामा जम्मा १६ जनाको दावी रहेको वडा सदस्यका आकांक्षी व्यापारी व्यवसायी दधिराज घिमिरेले बताउनुभएको छ ।
दमौली बजारको मुटु हुदाँ हुदै पनि साघुरा बाटाहरु भएको, टोल स्वच्छ सफा, हुन नसकेको, पार्किगंको लागि प्रशस्त ठाँउहरु नभएको, सार्वजनिक जग्गाहरु संरक्षण गर्न नसकेको, सडकको अवस्था झन् झन् जिर्ण हुदै गएको, सडक तथा पेटी व्यवस्थित गर्न नसकेको, सधै फुटपाथ व्यापारीको समस्या झेलिरहेको, नालीको समस्या ज्युँका त्युँ रहेको, राजनीतिकरणमा अग्रिणी वडाको रुपमा परिचित व्यास २ मा माथि उल्लेखित समस्याहरुका बिच २१ जना मध्ये छनौट भएर आउने उमेदवारले यी यावत् समस्याहरुलाई समाधान गर्नुपर्ने प्रमुख दायित्व रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?