तनहूँमा करिब ७५ हजारभन्दा बढि बालबालिकालाई दुई चरणमा टाइफाइड विरुद्धको खोप लगाइँदै

  • ख-
  • ख+

तनहूँ । तनहूँमा करिब ७५ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदैछ । स्वास्थ्य कार्यालय तनहूँले २५ गते शुक्रवारदेखि चैत्र २९ गतेसम्म हुने पहिलो चरणको र चैत्र ३० देखि बैशाष ३ गतेसम्म हुने दोश्रो चरणको टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ । पहिलो चरणमा व्यास नगरपालिका, आँबुखैरेनी , देवघाट, म्याग्दे गाँउपालिकाका २०८ केन्द्र र दोश्रो चरणमा ऋषिगं, घिरिगं गाँउपालिका, भानु, शुक्ला र भिमाद नगरपालिकाका २६८ केन्द्रमा खोप अभियान संचालन गर्ने आज दमौलीमा आयोजित पत्रकार अभिमुखिकरण कार्यक्रममा जानकारी दिईएको हो ।

उक्त अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभएको थियो । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानहरुमा आवश्यक सामग्री पुर्‍याइसकिएको उहाँले जानकारी पनि दिनुभएको छ । खोप अभियानका लागि स्वास्थ्यकर्मी र स्वयंसेवक ९६८ जना परिचालन हुने स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ ।
उक्त अवसरमा पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलले टाईफाईड खोप अभियान संचालनका क्रममा बालबालिकाहरु नछुटुन् भन्ने किसिमबाट अभियान संचालन गर्न आग्रह गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?