कस्तो नेता छान्ने , रोज्ने ?

  • ख-
  • ख+

हुतमणि अधिकारी । म्याग्दे, तनहूँ । चुनाव आउनै लाग्यो , चुनाव भनेको नेता छान्ने बेला हो , नेता रोज्ने , नेता खोज्ने बेला हो । अरु बेला नेता बलिया हुन्छन् , यो बेला तपाईं बलियो हुनुहुन्छ किनभने तपाईं नेता छान्दै हुनुहुन्छ , जनप्रतिनिधि छान्न भोट हाल्दै हुनुहुन्छ । अब सोच्नुस्, छलफल गर्नुस् , बेस्सरी बिचार पुर्‍याउनुस् ।
कस्तो नेता छान्नु हुन्छ ? कस्तो मान्छेलाई जनप्रतिनिधि बनाउनु हुन्छ ? कस्ता कस्ता मान्छेलाई जिम्मा लगाउँदा भलो हुन्छ , तपाईंको स्थानीय तह , तपाईंको स्थानीय सरकार चलाउन कस्तो मान्छे चाहिन्छ , कस्तो मान्छेलाई नेतृत्वमा पुर्‍याउँदा जनताका आबस्यकता र अपेक्षा पुरा गर्न सजिलो हुन्छ ?

नेता यस्तो हुनुपर्छ , नेताले यस्तो काम गर्नुपर्छ , हाम्रो नेताले हामीले सोचे जस्तो काम गरेन , हामीले खोजे जस्तो बिकास भएन भनेर सँधै भरि नेतालाई सत्तो सराप गर्ने तपाईं हामी जस्तै जनताको हातमा आएको छ नेता छान्ने, नेता चुन्ने र नेता चिन्ने अवसर ।
नेता स्वार्थमा डुबे, सुबिधा भोगी भए , परिवार , आफन्त , नातागोता र चाकरीबाजका सल्लाह र भलाईमा लागे , नेता मालिक र हाकिम जस्ता भए , नेताका काम गराइमा न्याय , बिबेक देखिएन, दुरदर्शिता र पारदर्शिता देखिएन , घमण्ड र अहंकार चुलियो , सामन्ती चिन्तन, चरित्र र व्यवहार देखियो ।
पार्टीको भावना मिचियो , व्यक्तिवादी प्रवृत्ति र संस्कृति मौलायो, अराजकता र अनुशासन हीनताले प्रश्रय पायो , नातावाद , परिवारवाद , हैकमवादले जरा गाड्यो भनेर चोकचोकमा , होटल होटलमा , हरेक जमघट र छलफलमा नेता र नेताका शैली बिरुद्ध कुरा काट्ने , भाषण छाँट्ने टाठाबाठाहरु नेता छान्ने यो बेलामा बिचार गरौँ , बुद्धि पुर्याउन पर्दैन त ।
हामीले खोजेको कस्तो नेता , कस्तो जनप्रतिनिधि हो ? हामीलाई र हाम्रो समाजलाई चाहिएको नेता कस्तो हो ?

जनता जस्ता छन् , तिनले त्यस्तै नेता पाउँछन् भन्ने भनाइ छ । जनताले आफ्नो व्यक्तिगत फाइदाका लागि , स्वार्थ र भलाईका लागि काम गरिदिन्छ भन्ने साँघुरो सोचाइमा लागेर नेता छान्ने , जनप्रतिनिधि चुन्ने बेला योग्यता , क्षमता , सोच , शैली , दृष्टिकोण , संभावना केही नहेरी केबल आफ्नो नजिको, नाता , जात , भेग, क्षेत्र हेर्न थालियो भने देश, समाजको बिकास र हित पछाडि पर्छ।
चुनाव नजिकिँदै छ, सोच्नुस् कस्तो नेता छान्ने ,कसलाई जनप्रतिनिधि चुन्ने ? पुरानै सोच शैली , पात्र , प्रवृत्ति दोहोर्‍याउने कि नयाँ संभावना , नयाँ सोँच र योजना अघि बढाउने ? पुरानै नेताहरूलाई फुलमाला लगाएर , तिनैको स्तुति र भक्तिमा रमाउने कि फरक योग्यता , क्षमता , दृष्टिकोण , योगदान , ज्ञान र इमान भएका व्यक्ति ( नेता रोजेर स्थानीय सरकार जिम्मा लगाउने ?
अब अगाडि तपाईंको मर्जी १११

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्