तनहूँका कम्युनिष्टहरु एकलकाँटे र कांग्रेसीहरु गुटगत भ्रष्ट्राचारमा लिप्त

  • ख-
  • ख+

बिहानीपख मस्त निन्द्रामा थिए मोवाईलको घण्टि बज्यो यो आँखा मिच्दै हेरेको त साथीेको रहेछ छोरोलाई कलेजमा भर्ना गर्न भनेर काठमाण्डौ जानुभएको थियो केहि परेछ कि भनेर मोवाईल उठाए, हेल्लो भन्न नपाईकन उताबाट भन्न थाल्नुभयो ”झोले राजनीति गरेर कांग्रेसमा लागेर के पाउनुभयो भन्नुभा हैन तपाईले ? आज काम लाग्यो नि कांग्रेस ।” बिहानै त्यस्तो कुराले दंग परे बोहोराटार दरवारतिर जाँदा नैतिकताको पाठ सिवाय साथीले केहि पाउन सक्नुभएको थिएन, नारायणस्थानतिर धाँउदा केहि झरेछ कि भन्ने लाग्यो । मैले सोच्न नभ्याउदै एकैसासमा भन्नुभयो ”छोरालाई कलेजमा भर्ना गर्नुपर्ने थियो …लाई भेट्न गएर यसो दुःख बिसाईदिउँ न त सित्तैमा पाए किन छोड्ने भनेर भनेको त ….ले भनिदिएर भर्ना शुल्क पुरै छुट कलेज फि पनि आधा छुट, ईन्ट्रान्स त दिनै नपर्ने । छोरो पढाउदा एउटा घडेरी नै बेच्नुपर्छ क्याहो भनेको त हनुमान भएको त अहिले पो काम लाग्यो मित्र ।” मलाई पनि खुशी लाग्योे साथीको खर्च कम हुने खबर सुनेर । फोन राखेर गार्डेनतिर टहलिन थाले । मेरो साथीलाई सिद्धान्त भनेको के हो थाहै थिएन तर हनुमानगिरीमा उद्युमै हुनुहुन्थ्यो । डिस्काण्ट पाउनुभएछ कल्याणै भो भनेर सोच्दासोच्दै मलाई केहिसमय अगाडि एकजना कम्युनिष्ट कार्यकर्ताले भनेकोे याद कुरा आयो । ति कार्यकर्ताको छोरीको ठुलै रोगको अपरेशन गर्नुपर्नेरहेछ र काठमाण्डौ लग्नुभएको रहेछ । त्यसपछि उहाँले आफुले चुनावमा गरेको खर्च तिर्न बाँकि एकजना नेतालाई फोन गर्नुभएछ फोन गर्नुको उद्धेश्य पैसा माग्नभन्दा पनि दमौलीबाट काठमाण्डौमा उपचार गर्न आएको भेट्न आईहाल्नुहुन्छ कि भन्ने रहेछ । डिस्काउण्ट मागिदिनु र कार्यकर्ताको पैसा दिनु त परको कुरा अस्पताल गए पैसा दिनुपर्छ भनेर ति नेताले आफ्नो पिएलाई फोन गर्न लगाउनुभएछ ।
हामीले कांग्रेस पार्टीमा सम्बद्ध ठुला ठुला आरोपित भ्रष्टाचारीहरु देखेका छौ तर उनीहरुको सम्पत्ति खासै देखिदैन उहाँहरुले कार्यकर्ता वा आफ्ना विश्वासिला मान्छेहरुलाई ”गरि खाओ ” भनेर बाँडेको प्रशस्त किवंदन्ति तथा कथाहरु चिया पसलहरुतिर सुन्ने गरेका छौ । कांग्रेसका नेताहरु प्रायश आफ्नो पार्टीको कार्यकर्ता तथा गुटका मानिसलाई जागिर लगाउन खप्पिस देखिनुहुन्छ । अपवाद बाहेक धेरैजसो कांग्रेसीजनहरु नेताहरुले आफ्नो गुटका कार्यकर्ता, कार्यकर्ताकी श्रीमती, साली, दाजुभाई, दिदी बहिनी बिशेषगरि ससुराली पक्षकालाई आफुले गरेर हुने ठाँउमा जागिर लगाईदिएको पाईन्छ । ठेक्कापट्टा, सरकारी नियुक्ति, चन्दा उठाउने बेला, अनियमितता गर्ने बेला, सरकारी बजेटहरु प्रयोग गर्ने, डोजर टिप्पर र ट्याक्टरलाई काम दिने, गिटी बालुवा ढुगां खानीमा लगानी गर्ने, बजेटहरुको हिसाव किताब मिलाउने बेला कांग्रेसीजनहरु मिलेर गर्नुहुन्छ । ”आफ्नो भनेर आउने र आफ्नो गुटकालाई गरिदिनुपर्छ , विरोधी गुटका र अरु पार्टीकालाई ढिम्किन दिनै हुदैन ” आफ्नै गुटकाले मोज गर्नुपर्छ भन्ने भावना कांग्रेसीहरुका व्याप्त रहेको पाईन्छ । तर कम्युनिष्ट नेता त्यो सवालमा सयौ कदम पछाडि रहेको भेटिन्छ । कतिसम्म सुन्न पाईन्छ भने जागिर लगाईदिनुपर्यो ”नेताज्यु बाँच्न गारो भयो” भनेर जाने कार्यकर्तालाई ”कहाँ खालि छ बुझ्नु म जागिर लगाईदिन्छु” भन्ने अनि कार्यकर्ताले बुझेर आएपछि त्यहाँ आफन्त भर्ति गर्ने कम्युनिष्ट नेताहरु दमौलीमा बल्ग्रेति भेटिनुहुन्छ ।
कांग्रेसले आफ्ना कार्यकर्तालाई जसरी पनि कतै न कतै झुण्डाईदिएको कारण त आज निर्वाचनको समयमा पानी पनि नपिईकन, ओठ तालु सुकाएर आफ्नो पदिय मर्यादा बिर्सिएर बुथमा खटिएका सरकारी राशनपानीहरु खानेहरुको झुण्ड देखिन्छ । कांग्रेसीहरुले स्थानिय निकाय, स्कुल, कलेज, टोल, संघसंस्था, एनजिओ, आईएनजिओका विभिन्न पदहरुमा एकछत्र राज गरेको पाईन्छ भने कम्युनिष्टका नेताहरुमा ठेक्कापट्टा डोजर, कमिशन, जागिर, सरकारी नियुक्ति, बजेटमा हालिमुहाली, टोल समाजमा पर्ने विकास निर्माणका बजेट कार्यान्वयन गर्ने सवालमा होस् पहिलो प्राथमिकता आफु र श्रीमती अनि दोश्रो प्राथमिकता दाजुभाई, छोरी ज्वाई, सालासाली, सम्धि सम्धिनी, मित, मितिनी, कमाउने ठाँउमा लाभको पदमा अर्को पार्टीको भएपनि नजिकका आफन्त पर्नुपर्छ भन्ने भावना व्याप्त रहेको पाईन्छ । केहि सानो चित्त भएका कांग्रेसी नेता बाहेक सबै कांग्रेसी नेताहरु जे गरेपनि गुटगतरुपमा काम गर्ने भावना अत्याधिक रहेको छ भने कम्युनिष्टहरुमा ”मै खाँउ मै लाँउ सुख सयल मोज मै गरुँ, मै मात्र कमाउँ ” भन्ने एकलकाँटे भावना अत्याधिक रहेको छ । जनताले तिरको राजश्व अर्थात बजेट यहि प्रवृत्तिको वरिपरि घुमाईएको कारणले त प्रजातन्त्र, लोकतन्त्र आएको लामो समयसम्म न त जिल्लाको विकास भएको छ न त जिल्लामा कुनै पार्टीमा नलागेका योग्य व्यक्तिले मौका पाएका छन् न त कम्युनिष्टका कार्यकर्ताले जिल्लामा राम्रो मौका पाउन सकेका छन् छ त केवल कांग्रेसका विभिन्न गुट समात्ने कार्यकर्ताहरु पार्टीको नाम भजाँएर, गुटको नाम भजाँएर, आफुलाई नेताको नजिक देखाएर लोकतन्त्र हामीले ल्याएका हौ भन्दै पैसा छापिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्