नेकपाका सांसदको काम कारवाहीप्रति औला उठ्यो

  • ख-
  • ख+

स्कुल अफ डेमोक्रेसी तनहूँ शाखाले तनहूँका दुई सांसदहरुको काम प्रति गम्भिर आपत्ति जनाउदै नेकपाका कार्यकर्ताहरुलाई सच्चिन आग्रह गरेको छ । तनहूँ शाखाका अध्यक्ष डम्बर बहादुर अधिकारीद्धारा प्रेसित विज्ञप्ती यस्तो रहेको छ ।
मितिः २०७७÷०८÷१५
भानु र शुक्लागण्डकीको आधारभूत अस्पतालको विषयमा
सत्तासिन नेकपाका नेता तथा कार्यकर्ता जिम्मेवार बन
ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्धेश्यका साथ सरकारले आज देशभरीका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास कार्यक्रम तय गरेकोमा अधिकांश स्थानीय तहमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । यसै सिलसिलामा तनहुँको भानु नगरपालिकाको पुरनडिहि स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गर्न लागि लागिएको आधारभूत अस्पताल पूर्व निर्धारित कार्यक्रम अनुसार नगरप्रमुख उदयराज गौलीले शिलान्यास गर्ने कार्यक्रम तय भएकोमा अन्तिम समयमा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्नुपर्ने माग राख्दै सत्तासिन नेकपा नेता तथा कार्यकर्ताले धम्कीपूर्ण शैलीमा गरेको अवरोधले शिलान्यास कार्यक्रम स्थगित हुन पुगेको छ । यो कार्य अत्यन्त खेदजनक छ । सत्तासिन नेकपाका नेता तथा कार्यकर्ताको यो कदमले स्थानीय जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार माथि गम्भीर खेलवाड भएको छ । यस किसिमको गलत कार्यलाई तत्काल सच्याउन जोडदार माग गर्दछौं ।
यसैगरी शुक्लागण्डकी नगरपालिका वडा नं ११ राइपुरमा शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको अस्पतालबाट ४ किलोमिटरको दुरीमा नगरपालिकासंग समन्वय नगरी प्रदेश सांसद आशा कोइरालाबाट आधारभूत अस्पताल भवन शिलान्यास गर्ने जुन कार्य भएको छ । त्यो कार्य पनि अत्यन्त अपरिपक्क देखिन्छ । तसर्थ भानु र शुक्लागण्डकीको अस्पतालको विषयमा गम्भीर बन्न सरकार र सत्तासिन नेकपा कार्यकर्तालाई आग्रह गर्दछौं । अन्यथा राज्यको करोडौं लगानी बालुवामा पानी खेर गए जसरी जाने निश्चित छ । अन्तमा, सत्तासिन दलका नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरुलाई लोकतान्त्रिक विधि र पद्धति अवलम्बन गर्न आग्रह समेत गर्दछौं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्