रामचन्द्र पौडेलको भजन गाउदै सकियो व्यास नगरपालिकाको ३० औं स्थापना दिवस

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिकाको ३० औं स्थापना दिवस व्यास नगरपालिकाका समस्या, अब आँउदा दिनहरुमा गर्नुपर्ने कामहरुको बारेमा कम नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भजन गाएर सम्पन्न भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका स्थापनाको लागि धेरै काम गर्नुभएको, उहाँ यो जिल्लामा नजन्मेको भए यति बिकास नै हुने थिएन भन्दै देवत्वकरण गर्नुभएको थियो । उक्त अवसरमा दर्शकदिर्घामा उपस्थित महानुभावहरुले स्थानिय निर्वाचनको समयमा भएको देवत्करणलाई अधिकांशले टिकट वितरणसग जोडिएको भन्दै कोनेखुशी समेत गर्नुभएको थियो ।

कार्यक्रका प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा भएका ४ वटा चिया पसलमा तफ गर्ने गफाडीहरुले तनहूँ जिल्लामा अघिल्लो निर्वाचन प्रदेश तथा संघिय निर्वाचनमा कांग्रेसलाई हराएको आरोप लगाउनुभएको थियो । कार्यक्रममा वरिष्ठ नेता पौडेलले तनहूँका जनप्रतिनिधिको कामप्रति असन्तुष्टता प्रकट गर्नुभएको थियो । वहाँले आफुले बनाएको बुद्ध सिंह मार्ग जोड्न पटक पटक आग्रह गरेपनि जोड्ने काम नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । साथै पौडेलले गाँउ गाँउमा बिकास भएको कारण अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले गाउँ गाउँमा बसौं भन्ने वातावरण बनाउनुपर्ने बताउनुभएको थियो। गठबन्धन देशको आवश्यकता भएकोले गठबन्धनका दलहरुले आफ्नो हैसियत अनुसार माग गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे बि.क. , गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष शान्तिरमण वाग्ले, भानु नगरपालिकाका मेयर उदयराज गौली, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीश चन्द्र पोखरेल, नेपाली कांग्रेस तनहूँका उपसभापति देवकुमार श्रेष्ठ,माओवादी केन्दका नेता अतेन्द्र केशरी न्यौपाने, , दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बृषराज श्रेष्ठ, आदिवासी जनजाति महासंघ तनहूँकी अध्यक्ष बसुन्धरा घर्ति, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रमा व्यासका मेयर बैकुण्ठ नाथ न्यौपानेको सभापतित्वमा भएको थियो । कार्यक्रममा न्यौपानेले आफु हरु जनप्रतिनिधि भएर आएपछि गरेका कामहरुको बारेमा प्रकाश पार्दै अब आउने निर्वाचन पश्चात आउने जनप्रतिनिधिहरुले आफ्नो नेतृत्वमा भएका कामहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?