व्यासमा गठबन्धनको उमेदवार मेयर बैकुण्ठ र उपमेयर शंकरनारायण श्रेष्ठ ?

  • ख-
  • ख+

अघिल्लो स्थानिय तहको निर्वाचनमा दमौली बजारमा खसेको भोट ”कसैको पपुलर भोट हो कि कसैप्रति नो भोट हो” भन्ने नेपाली कांग्रेस व्यासले कहिल्यै बुझ्न सकेको छैन तर यसपटकको निर्वाचनमा यीनै व्यक्तिहरु निर्वाचनमा उमेदवार हुनुभयो भने दमौली बजारका मतदाताको रुझान नेपाली कांग्रेस व्यासले राम्रैसग बुझ्नेछ तर … पनि सक्यो दैलो पनि देख्यो को केहि अर्थ रहनेछैन ।

तनहूँ । केन्द्रबाट गठबन्धनको निर्णय भएसगै वार्ता तथा अनेकन चरणमा वार्तामा बसेका तनहूँका गठबन्धन सम्बद्ध दलका नेताहरु बैशाष २ गते वार्तामा बस्न तयारी गर्दै हुनुहुन्थ्यो नेपाली कांग्रेसका वार्तामा खटिनुभएका एकजना व्यक्तिको मोवाईलमा टिरिगं टिरिगं घण्टी बज्छ , यसो हेर्दा त केन्द्रबाट आएको फोन साईड लागेर ” जय नेपाल ‘‘ ठोकेर कुरा गर्दा उताबाट निर्देशन आँउछ ”अन्य पालिकाको मिलाउदै गरौला व्यासमा चाँहि बैकुण्ठनाथ न्यौपाने मेयर र समाजवादीबाट शंकरनारायण श्रेष्ठ उपमेयर पक्का गर्नुस् है , व्यासमा चुनाव पनि जित्नुपर्यो नि शंकरनारायणलाई उपमेयरको उमेदवार नबनाईकन दमौली बजारको भोट नै आउदैन ।”
बाँचि बस्नुपर्छ जे पनि देख्न पाईन्छ भन्ने उखान तनहूँको कांग्रेसको गढ व्यास नगरपालिकामा यसपटकको निर्वाचनमा राम्रैसग देखिने भएको छ । तनहूँलाई कांग्रेसको गढ मान्ने कांग्रेस त्यतिबेला निन्द्राबाट बिउँझिएको थियो जतिबेला संघिय तथा प्रदेशको निर्वाचनमा तनहूँका ६ वटै सिटमा कम्युनिष्टहरुले कव्जा जमाएका थिए । सानो चौघेरोमा रमाउने कांग्रेसका नेताहरु व्यासको मेयरमा दिपकराज जोशीले उमेदवार दिनेभएपछि ” गोविन्दराज जोशीले क्षेत्र नं १ मा कांग्रेसलाई हराउने छोरा दिपकराज जोशीले व्यासमा कांग्रेसलाई हराउने हुन् कि ‘‘भन्ने चिन्ताले पिरोलिएको पाईएको छ ।
नेपाली कांग्रेस यतिवेला केन्द्र , प्रदेशदेखि स्थानिय सरकारको नेतृत्व गरिरहेको छ यस्तो अवस्थामा पनि एकिकृत समाजवादीलाई उपमेयरको टिकट दिनेगरि गठबन्धन गर्ने जरुरी किन पर्यो त भन्दा नेपाली कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै गरि ”केपीजीको पार्टी कमजोर होईन बलियो भएको छ” । कमजोर कांग्रेस आफ्नो बलले जित्न नसक्ने भएपछि व्यासमा समाजवादीको कार्ड अझ बिशेषगरि शंकरनारायाण कार्ड खेल्न खोजिरहेको छ । मेयरमा जिताउनको लागि आफ्ना सच्चा, त्यागि कार्यकर्ताहरुको बलि चढाएरै भएपनि, व्यासमा मेयर आफ्नै मान्छेलाई बनाउनुपर्छ भन्ने फोन गर्ने नेताको ध्यान रहेको छ तर समाजवादी पार्टीमा पनि शंकरनारायण श्रेष्ठलाई त्यति सजिलो छैन । यस क्षेत्रका सांसद तथा हाल मन्त्रीपरिषद्का सदस्य कृष्णकुमार श्रेष्ठ किसान वडा नं. ४ का अध्यक्ष विश्व न्यौपानेलाई उपमेयरमा अगाडि बढाउने पक्षमा हुनुभएको उहाँका नजिकका कार्यकर्ताको भनाई रहेको छ । विश्व न्यौपानेलाई उपमेयरको उमेदवार बनाउने निर्णय पार्टीको बैठकमा निर्णय भईसकेको समाजवादी पार्टीका एक नेताको भनाई पनि छ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटिका सदस्य पिएल् श्रेष्ठ महिला नेतृ मनमाया श्रेष्ठलाई अगाडि बढाउन चाहानुहुन्छ । विश्वस्त श्रोत र समाजवादी पार्टीका सचिवालय सदस्यका अनुसार नेपाली कांग्रेसका केहि स्थानिय नेता र उहाँलाई साथ दिने केन्द्रिय नेता ”दमौलीको भोट बटुल्नु छ भने व्यासमा मेयरमा विजयी हुनु छ भने शंकरनारायण श्रेष्ठलाई उपमेयरको उमेदवार बनाउनुपर्छ” भनेर लविगंगरिरहदा दमौलीभन्दा बाहिर छ ठुलो धेरै ठुलो व्यास नगरपालिका भन्ने बिर्सिरहनुभएको छ ।
पुराना कम्युनिष्ठ नेता तथा हाल एकिकृत समाजवादीका केन्द्रिय सदस्य शंकरनारायण श्रेष्ठको पक्षमा लविगं राजनितिक रुपमा त शंकरनारायणलाई फाईदा होला तर नेपाली कांग्रेसको लागि झनै प्रत्युपादक हुने लक्षणहरु देखिईसकेको छ ”नेपाली कांग्रेसका नेताबाट फलानो पार्टीको फलानोलाई उपमेयरको उमेदवार बनाउनुपर्छ” भनेपछि ”गठबन्धनका एकजना नेता हाम्रो पार्टीको उमेदवार त हामीले तोक्ने होला नि सर ” भन्दै वार्ता स्थलबाट बाहिरिएको अपुष्ट खबर बाहिरिएको छ । वार्ता टोलिका एक सदस्यलाई फोन आएको अपुष्ट खबर आगोसरि दमौलीबजार फैलिएपछि नेपाली कांग्रेसका एक स्थानिय नेता नेपाली कांग्रेसका वरिष्ठ नेताले भन्नुभएको ”लठुवाहरु बस्ने दमौली बजारको चियापसल” मा बसेर ”एय ! नेपाली कांग्रेस भएर जेलनेल भोगेको, प्रजातन्त्रको लागि टाउको फोरेको , नेताहरुलाई गाँसबास कपासको जोहो गर्न आफु ऋणमा डुबेको आज यहि दिन देख्नलाई हो ? संघिय निर्वाचन तथा प्रदेशको निर्वाचनमा कसैले देखाए स्थानिय निर्वाचनमा हाम्रो पालो आउँला जस्तो छ त्यसपछि भन्लान् नि आफुलाई कांग्रेसका ठेकेदार हुँ भन्नेहरुले व्यास नगरपालिका पनि कुनै समय कांग्रेसको गढ थियो भनेर” भन्नुभएको छ ।
हुनपनि तनहुँ कांग्रेस अझ व्यास नगर कांग्रेस ठुलो संकटमा परेको छ । फोन गर्ने नेताले ”अरुलाई दिन त हुन्थ्यो तनि तर ….” भनिरहदा व्यास कांग्रेस भित्रभित्र नराम्ररी धुजाँ धुजाँ भएको छ । केहि महिना अगाडिदेखि नेपाली कांग्रेसकै नेता गोविन्दराज जोशी पुत्र दिपकराज जोशी ”पार्टीले टिकट दिएपनि नदिए पनि मेयरमा लड्ने ”प्रण गर्दै चुनाव चिन्ह् पाउनु अगावै चुनाव प्रचार प्रसारमा लाग्नु , युवा जोश जाँगर र भिजनसाथ लागेका जोशीको घरदैलोमा उत्साहजनक सहभागिता देखिनुले पनि व्यास कांग्रेस गठबन्धन गरेरै भएपनि व्यासमा मेयर पद जोगाउन चाहेको छ तर नेपाली कांग्रेसका नेताबाट नै ”लौन नेपाली कांग्रेसलाई मेयर भए पुग्छ समाजवादीले उपमेयरमा शंकरनारायण श्रेष्ठलाई उठाईदिन पर्यो, दमौली बजारको मत शंकरनारायण श्रेष्ठको पोल्टामा छ” भन्ने आकंलनले नेपाली कांग्रेसलाई झनै महंगो पर्ने देखिनेछ किनकी अघिल्लो स्थानिय तहको निर्वाचनमा दमौली बजारमा खसेको भोट ”कसैको पपुलर भोट हो कि कसैप्रति नो भोट हो’‘ भन्ने नेपाली कांग्रेस व्यासले कहिल्यै बुझ्न सकेको छैन तर यसपटकको निर्वाचनमा यीनै व्यक्तिहरु उमेदवार हुनुभयो भने नेपाली कांग्रेस व्यासले दमौली बजारका मतदाताको रुझान राम्रैसग बुझ्नेछ तर ” … पनि सक्यो दैलो पनि देख्यो को केहि अर्थ रहनेछैन ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्