भानु ५ को वडा अध्यक्षको आकांक्षीहरुमा ने. का.बाट राजकुमार श्रेष्ठ सबैभन्दा लोकप्रिय रहेको स्थानियहरुको भनाई

  • ख-
  • ख+

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुगं र भानु नगरपालिकाकी उपमेयर आशा थापाको साथमा राजकुमार श्रेष्ठ

तनहूँ । बिद्यार्थी जिबनकाल देखिनै नेबिसंघमा आबद्ध भएर नेपाली कांग्रेसको सक्रिय राजनीति सुरु गर्नुभएका राजकुमार श्रेष्ठ भानु नगरपालिका वडा नं. ५ को वडा अध्यक्षको आकांक्षी भएपछि उमेदवार छनोट समितिलाई दवाव बढेको छ । स्थानिय नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले लायन्स क्लब लगायत अन्य संस्थाहरुबाट समाजसेवा अग्रिणी भुमिका निर्वाह गर्नुभएका राजकुमार श्रेष्ठलाई नै अगाडि बढाउनुपर्छ , भिजन भएको, स्थानियहरुमाझ लोकप्रिय पनि रहेको र मुख्य कुरा आफ्नो पाटीकालाई मात्र होईन अरु पार्टीका मानिसहरुलाई साथमाा लिएर काम गर्न सक्ने समाजसेवीको परिचय बनाउनुभएका श्रेष्ठलाई अगाडि बढाउनुपर्ने सबैको राय छ ।

बिद्यार्थी जिबनकाल देखिनै नेबि संघमा आबद्ध हुनुभएका श्रेष्ठले भानु सस्कृत बिद्यापिठ क्याम्पसको नेबिसंघको अध्यक्ष हुदै नेपाली कांग्रेस तनहूँ जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ भने सामाजिक क्षेत्रमा पनि उहाँको भिन्नै परिचय रहेको छ ।

सधै जनताको कामलाई प्राथमिकता दिएको छु , सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्न कहिल्यै पछाडि हटेको पनि छैन । पार्टीको लागि पनि योगदान गरेको छु । मसग प्राकृति, सांस्कृतिकरुपमा सम्पन्न हाम्रो भानु ५ लाई बनाउने भिजन छ । गाउँमा के युवा , के बृद्ध के पुरुष , के महिला सबैले ल राजकुमार उमेदवार तिमी नै हुनुपर्छ वडा बनाउनुपर्छ भन्नुभएको छ त्यसैले पार्टीको तर्फबाट उमेदवार बन्छु भन्ने लागेको उहाँ भन्नुहुन्छ ।
भानु नगरपालिका एक पर्यटकिय, साँस्कृतिक, एेतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको सडक बिस्तार, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक, प्रविधि र साँस्कृतिक तथा जन चेतनास्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता भएको र जुनसुकै काम पनि सफलता पूर्वक गर्ने गरेकोले युवा नेता राजकुमार श्रेष्ठको आबश्यकता रहेको र सम्पूर्ण वडाबासीहरुले समेत राजकुमार श्रेष्ठले यो वडा बनाउनुहुन्छ भनेकोले पनि श्रेष्ठलाई उमेदवार बनाउन जरुरी रहेको उक्त क्षेत्रकै नेपाली कांगैसका एक युवा नेता बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय लायन्स क्लब र विभिन्न सामाजिक संघ सस्थाहरुको दर्जनौं अध्यक्ष समेत रहेर थुप्रै अनुभवीका साथ गाउँस्तरदेखि जिल्ला भरिनै अग्रणी सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ताको रुपमा परिचित श्रेष्ठ हाम्रो वडाको अध्यक्ष बनाउन पाए हामीलाई पनि फाईदा पुग्थ्यो । वहाँको अनुभव र पहुँचले वडाको बिकास हुन्थ्यो भन्ने हाम्रो विश्वास छ अर्का युवाको भनाई छ ।
नयाँ सोच ,नयाँ परिकल्पना भिजनका साथ संकल्प गरि वडाबासीको हित तथा चाहना वडा बिकासको कामलाई पहिले प्राथमिकता दिदै आफ्नो वडालाई एक नमुना वडा रुपमा बिकास गर्छु भन्ने लक्ष्यसाथ अघि बढेको छु श्रेष्ठको भनाई रहेको छ ।
उक्त क्षेत्रका आमसर्वसाधारण मनिसहरुसग प्रत्यक्ष भेटघाट गर्दा र चौतारी , पसल , मेलापात हिड्नेहरुसग प्रत्यक्ष भेटेर राय लिदा मिलनसार, स्पष्टवक्ता , सामाजिक कार्यमा अग्रिणी राजकुमार श्रेष्ठ भानु वडा नं. ५ मा नेपाली कांग्रेसका अन्य आकांक्षीहरुभन्दा निकै बलियो र लोकप्रिय आकांक्षीको रुपमा देखिनुभएको छ ।
उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट राजकुमार श्रेष्ठ, नकुल अधिकारी, मनिलाल श्रेष्ठ, दिपक थापा, शैलेस खाति र सुजन बिष्ट वडा अध्यक्षको आकांक्षी हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?