विज्ञ टोली गठन गरी नेपाल–चीन सीमाको सत्यतथ्य जाँच होस् : शेखर कोइराला

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल–चीन सीमा सन्दर्भमा विज्ञ टोली गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

हुम्लामा सीमा क्षेत्रको निरीक्षणमा गएको  टोलीले सीमा अतिक्रमण भएको जानकारी प्राप्त भएको नेता कोइरालाले बताए।

सीमा अतिक्रमण गम्भीर विषय भएको उल्लेख गर्दै कोइरालाले सत्यतथ्य खोजी गरि सार्वजनिक विज्ञ टोली गठन गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,’हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूवाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ। यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा एक टोली हुम्लाको नाम्खाको निरीक्षण गरेको थियो।

टोलीले गत सोमबार चीनले सीमा मिचेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?