समाजसेवी रामकृष्ण क्षेत्रीको व्यास १ मा स्वतन्त्र उमेदवारी

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १ युवा व्यवसायी एवं समाजसेवी व्यक्तित्व रामकृष्ण क्षेत्रीले स्वतन्त्र उमेदवारी दिनुभएको छ । उहाँले व्यास नगरपालिका १ मा वडा सदस्य पदमा स्वतन्त्र उमेदवारी दिनुभएको हो ।

”आफुले ठुलो पदमा भन्दा पनि समाजमा केहि परिवर्तन गर्ने उद्धेश्य र जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने देखाउन र वडा नंं १ लाई नमुना वडाको रुपमा बिकास गर्ने लक्ष्य लिएर स्वतन्त्ररुपमा वडा सदस्यको उमेदवारी दिएको” बताउनुभएको छ ।
”आर्थिक रुपमा सक्षम र समाजसेवामा बिशेष रुचि भएका रामकृष्ण क्षेत्रीजस्तो उमेदवारलाई व्यास १ का जनताले जिताउनेमा आफु ढुक्क भएको” क्षेत्रीसगै घरदैलोमा हिड्नुभएका एक शुभचिन्तकले बताउनुभएको थियो ।
”जनप्रतिनिधि जनताको शासक होईन सेवक हुन् भन्ने अवधारणा विकास गर्नको लागि पनि आफुले उमेदवारी दिएको” बताउनुभएको छ ।
सानो उमेरमा नै समाजसेवाको क्षेत्रमा नाम कमाउनुभएका क्षेत्री दमौलीका सफल व्यवसायीको रुपमा चिनिनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्