टिम नेपो तनहूँले गर्यो अर्को सामाजिक काम

  • ख-
  • ख+

मदन तिमल्सेना । तनहूँ । मंसिर १६ । समाजको लागि केहि गर्नुपर्छ र समाज परवर्तनको लागि समाजको संवाहक बन्नुपर्छ भन्ने उद्धेश्यका साथ तनहूँ जिल्लामा स्थापना भएको
टिम नेपो तनहुँले मंगलवार तनहूँको दमौलीमा कोरोना( कोभिड १९) सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गर्यो । संस्थाका अध्यक्ष गोविन्द तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कलिला खान प्रमुख अतिथि रहनुभएको थियो । संस्थाले उक्त अवसरमा सर्वसाधारणलाई सचेतना फैलाउनका साथै मास्क तथा सेनिटाईजर वितरण गरेको थियो । टिम नेपो तनहूँको सामाजिक कार्यहरुप्रतिको उदरदायित्तवबोध देखेर सांसद कलिला खानले आफु पनि संस्थाको साथमा रहने भनाई व्यक्त गर्नुभएको थियो । जिल्ला ट्राफिक कार्यालय तनहूँको समन्वयमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख रेशम रानाभाट, टिम नेपोका पदाधिकारीहरु ताथ अन्य अतिथिहरुको सहभागिता रहको थियो ।

उक्त अवसरमा विपद्को समयमा सामाजिक काम गर्न पाउदा आफु लगायत संस्थाका सम्पूर्ण पदाधिकारीहरु गौरवान्वित भएको र आउदा दिनहरुमा पनि सामाजिक कामहरुमा अघि बढ्ने टिम नेपो तनहुँ अध्यक्ष गोविन्द तिमल्सेनाले भनाई व्यक्त गर्नुभएको थियो । कार्यक्रमको लागि मास्क तथा स्यानिटाईजर जे एस् व्यास ईन्टरप्राईजेज दमौलीले उपलव्ध गराएको थियोे ।

(तस्विरः मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्