तनहूँ । नेपाली कांग्रेस व्यास नगर समितद्धारा आज तनहूँको दमौली एक कायैक्रमको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । घोषणा पत्र वाचन गर्दै नेपाली कांग्रेस व्यास नगरका सभापति सूर्यचन्द्र हड्खलेले नेपाली कांग्रेसले राम्रो काम गरेको हुनाले पनि व्यासमा नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभएको थियो ।
उक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे बि.क. , राष्टिय सभाका सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशकी सदस्य सरिता गुरुगं, नेपाली कांग्रेस तनहूँका उप सभापति देवकुमार श्रेष्ठ , जिल्ला समन्वय समिति तनहूँका निवर्तमान प्रमुख शान्तिरमण वाग्ले , निवर्तमान् उपप्रमुख पवित्रा पौडेल, सचिव लक्ष्मी भक्त खनाल, व्यास नगरपालिकाका मेयरका उमेदवार बैकुण्ठ न्यौपाने उपमेयरकी उमेदवार ईन्दिरा दरै लगायतका नेता तथा कार्यकर्ता उपस्थिति रहेको थियो ।
उक्त अवसरमा मेयर पदमा उमेदवार व्यासका निवर्तमान् मेयर बैकुण्ठ न्यौपानेले पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै आफु विजयी भए व्यास नगरपालिकाको विकासमा अझै जोड दिने बताउनुभएको थियो ।
प्रतिवद्धता पत्रको पूर्ण पाठ
आदरणीय व्यास नगरवासी आमावुवा,दिदीवहिनी तथा दाजुभाइहरु – जय नेपाल !
नयाँ वर्ष २०७९ को आगमन संगै समुन्नत व्यास नगरको सपना र योजना बोकेर हामी यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा स्नेह, आशिर्वाद र अमुल्य मतको विनम्र अपेक्षा सहित तपाईहरुको घर दैलोमा आएका छौं । निष्ठावान लोकतन्त्रवादी नेपाली जनताको अथक संघर्ष र वलिदान स्वरुप संविधान सभाबाटै संविधान लेखिनु पर्दछ भन्ने संकल्प साकार भए संगै हामीलाई आवधिक स्थानीय निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुदैछ।
सात दशक लामो नेपालको कठिन लोकतान्त्रिक संघर्षको यात्रामा देशमा होनहार सन्ततिले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको छ । यस घडिमा २००७ सालमा बन्दिपुरमा शहिद हुनुभएका ६ जना मध्ये ४ जना यसै नगरपालिकाको तनहुँसुर वासी र २००७,२०१८ सालमा शहिद हुनुभएका पुलिमर्याङका ६ जना शहिदको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै , विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्नुहुने देशका सम्पूर्ण शहिदहरु प्रति हार्दिक श्रद्दा सुमन व्यक्त गर्दछौ।
नेपाली कांग्रेस पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनलाई चुनौती पूर्ण घडिमा नेतृत्व गर्नुहुने जन(नायक विश्वेश्वर प्रसाद कोइराला, त्याग र विद्वानताका प्रतिमुर्ति सुवर्ण शमसेर, जनआन्दोलनका कमाण्डर एवं लौह पुरुष गणेशमान सिंह, सन्तनेता कृष्ण प्रसाद भट्टराई, शान्ति प्रकृया एवं संघीय समावेशी गणतन्त्र नेपालका नामक गिरिजा प्रसाद कोइराला र वर्तमान संविधान निर्माणका प्रमुख अभियन्ता सुशील कोइराला लगायतका श्रद्देय नेताहरु प्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै, वहाँहरुले संघीय लोकतन्त्रीक गणतन्त्र स्थापनामा पुर्याउनु भएको योगदान सगर्भ स्मरण गर्दछौं।
लोकतन्त्रले मात्र हाम्रो सामाजिक विविधतालाई समेट्ने र सबैको सहभागिता सुनिश्चित गर्न सक्दछ । समाजमा विद्यमान राजनीतिक आर्थिक एवं सामाजिक विभेदलाई अन्त्य गरि समतामूलक समाजको स्थापना गर्न संघ, प्रदेश सरकारको साथै स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । आज हाम्रा सामु लोकतन्त्रलाई सवल र संस्थागत गर्न पुनः अभूतपूर्व अवसर आएको छ । स्थानीय सरकारको यो संवैधानिक अधिकारलाई व्यास नगरवासीको घर आगनमा पुर्याउन हामी प्रतिबद्द छौं ।
यस्तो महत्वपुर्ण अभियानमा यही २०७९ वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट हामीले नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति एवं लामो शैक्षिक तथा कानूनी क्षेत्रका अनुभव प्राप्त, विद्यार्थी जीवनदेखिनै संघर्षशिल एवं निरन्तर क्रियाशिल, स्वच्छ छवि कुशल निर्णय क्षमता राख्नुहुने व्यास नगरपालिकाका निवर्तमान नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेलाई नगर प्रमुख, नेपाल महिला संघ व्यास नगर सभापति, संघर्षशिल महिला नेतृ आदिवासि दराई जातीको समेत प्रतिनिधि श्री इन्दिरा दरैलाई “उप(प्रमुख” र १४ वटै वडामा समावेशी आधारमा वडा अध्यक्ष, दलित महिला सदस्य, खुल्ला महिला सदस्य र खुल्ला अन्य सदस्यहरुको उम्मेदवारीलाई प्रस्तुत गरेका छौं । नेपाली कांग्रेसको नेतृत्वमा विगत २०४९, २०५४, २०७४ मा निर्वाचित कार्यकालमा भए गरेका कामहरुको उपलब्धिको रक्षा गर्दै “विविधतायुक्त गाँउशहर, समृद्द मेरो व्यास नगर” भन्ने दिर्घकालिन सोचलाई आत्मसाथ गर्दै पुन नगरवासीको सेवा गर्ने अवसर प्राप्तिको लागि आएका छौ । नेपाली कांग्रेसका तर्फबाट उमेद्वार रहनुभएका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सम्पूर्ण वडा सदस्यलाई रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराउन हार्दिक अपिल गर्दछौ ।
हाम्रा प्रतिबद्दताहरुः
क. समग्रमा
१. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा स्थानीय निर्वाचन, २०७९ का लागि जारी गरेको संकल्प कार्यान्वयन प्रति प्रतिबद्द छौ ।
२. नेपालको संविधान तथा कानून बमोजिम प्राप्त एकल तथा साझा अधिकारहरूको सुब्यवस्थित एवं समन्वयात्मक प्रयोग र अभ्यास गर्न आवश्यक नीति, कानून, कार्यविधि, संरचना तथा मापदण्डहरू निर्माण, कार्यान्वयन, नियमन र अनुगमन गर्नेछौ ।
३. संविधान प्रदत्त अधिकार तथा कार्य जिम्मेवारीको अधिनमा रही संघ र प्रदेश बीच सहअस्तित्व, समन्वय र सहकार्यको अवधारणा अनुसार जनसहभागिता, उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नेछौ ।
४. कृषि, पशु तथा पर्यटनको व्यावसायीकरण र विविधिकरण तथा स्थानीय सीप, श्रोतमा आधारित साना तथा घरेलु उद्योग र कृषि तथा वनजन्य उद्यम व्यवसायको विकास गरी रोजगारी श्रृजना गर्नेछौ ।
५. गुणस्तरीय र व्यवसायिक शिक्षा तथा अन्तरराष्ट्रिय प्रतिष्पर्धा उत्रन सक्ने शिक्षा, आधारभूत स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वच्छ खानेपानी, सामाजिक सुरक्षा तथा सशक्तीकरण द्धारा स्वस्थ्य, श्रृजनशील र सीपयुक्त मानव संशाधनको विकास गर्नेछौ ।
६. व्यवस्थित यातायात पूर्वाधार, बजार, आवास, स्वच्छ उर्जा तथा संचार पूर्वाधारको विकासद्वारा अन्तर आवद्धता विकास र सेवा सुविधास्तर र पहुँच बृद्धि गर्नेछौ ।
७. उपलब्ध प्राकृतिक श्रोत साधनको संरक्षण, सम्बर्धन र दीगो उपयोग गरी बिपद् ब्यबस्थापन तथा जलबायु अनुकूलन संबेदनशील विकास प्रक्रिया अवलम्बन गर्नेछौं ।
८. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन, जलवायु अनुकूलन, विपद व्यवस्थापन, सुशासन तथा सदाचार प्रवद्र्धन जस्ता बिषयलाई स्थानीय विकासका सवै प्रक्रियामा एकीकृत गरी विकास नतिजालाई समावेशी, उत्थानशील र दीगो गर्नेछौ ।
९. महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरीक, आदिवासी जनजाति, दलित, अल्पसंख्यक तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष रुपमा लाभान्वित भई लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि गर्नेछौं ।
ख. अधुरा योजनालाई निरन्तरता
१०. शासकीय सुधार अन्तरगत विश्व वैंकको सहयोगमा दमौली – केशवटार – कुलुङ – छाब्दी – कर्लुङ – छिर्कने , पराशर मार्ग (घाँसीकुवा , फराकचौर, अधेरी भञ्ज्याङ, माझँफाट, कलेस्ति रिङरोड० र माहेन्द्रि मार्ग ९पतेनिटार, चिन्तुटार, मादीवेशी, शेषटार, शिशाघाट) को विस्तारित कालोपत्रे ५ वर्षे परियोजना लाई पूर्णता दिइने छ ।
११. निर्माणधिन नारेश्वर ताल९व्यास(१० दुम्सी चौर०, प्रदेश सरकार समेतको सहभागितामा सम्पन्न गरिनेछ ।
१२. व्यास १० दुम्सीबजार मा निर्माणधिन नगर अस्पताललाई सम्पन्न गरिनेछ ।
१३. व्यास ७ शेषमटारमा अभिभावक विहिन र विपन्न विद्यार्थीको शिक्षाका लागी निर्माणधिन व्यास नगर समता विद्यालयलाई यसै वर्ष देखि सञ्चालनमा ल्याइनेछ ।
१४. गण्डकी प्रदेश सरकारसंग सम्झौता गरी कार्यान्वयनको प्रकृया अघि बढेको “एकीकृत डिजिटल व्यास नगरपालिका परियोजना” यसै आ।ब मा सम्पन्न गरिनेछ ।
१५. भादगाँउ खानेपानी९व्यास १०, देवीडाँडा खानेपानी९व्यास १००, कमेरेसाँध खानेपानी (व्यास १३०, रानीगाँउ डिपवोरीङ व्यास ११) लगायतका अधुरा खानेपानी योजना सम्पन्न गरिनेछ ।
१६. कृषि उपजलाई सुरक्षित राख्ने निर्माणधिन शितभण्डार९व्यास(११० लाई सम्पन्न गरिनेछ ।
१७. निर्माणधिन वि।पि वनवाटीका खेलमैदान९व्यास ३०, पाटन खेलमैदान, चिन्तुटार खेलमैदान९व्यास ५०, डिँहिकुना खैलमैदान९व्यास १००, क्रिकेट खेलमैदान९व्यास ११० लगायतका खेल मैदानहरुको निर्माण सम्पन्न गरिनेछ ।
१८. दमौली सेन्ट्रल पार्क९व्यास ३०, कोभिड स्मृति पार्क९व्यास ११०, देवीडाँडा पर्यटन पार्क९व्यास १००, लगायतका निर्माणधिन पार्कहरुलाई सम्पन्न गरिनेछ।
१९. महर्षि वेदव्यासको १०८ फिट अग्लो निर्माणधिन मूर्ति स्थापना (व्यास ३०, प्रस्तावित व्यास झुला) व्यास ३,५० लाई सम्पन्न गरिनेछ ।
२०. संघीय सरकार भूमि आयोगबाट यस नगरपालिकामा प्रारम्भ भएको भूमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको जग्गा प्रदान एवं दर्ता अभियानलाई पूर्णता दिइनेछ ।
ग. आधुनिक कृषि लाई प्राथमिकता
२१. कृषि व्यवसायलाई आधुनिकिकरण गर्दै बाँझो जमिनलाई नगदे वाली तर्फ परिणत गर्न सहयोग पुर्याइनेछ ।
२२. पशुपालन, मत्स्यपालन, मौरीपालन, तरकारी, फलफुल, कौशीखेतीलाई व्यवसायीकरण गर्न सहयोग पुर्याइनेछ ।
२३. मलको उपलब्धतामा सहजिकरण, वीउ विजनमा अनुदान, उत्पादनलाई बजारसम्म पुर्याउने कृषि एम्बुलेन्स सेवा लगायतका कार्यमा सहयोग पुर्याइनेछ ।
२४. कृषि वीमा कार्य लाई विस्तार गर्न सहयोग पुर्याइनेछ ।
२५. धान, मकै, कोदो लगायतका उपजलाई पकेट क्षेत्र निर्धारण गरी वैज्ञानीक आधुनिक यन्त्रहरु र सिँचाईको विकल्पहरुमा सहयोग पुर्याइनेछ ।
२६. रैथाने वाली तथा स्थानीय कृषि प्रविधि तथा खाद्य पदार्थलाई संरक्षण तथा प्रवर्धन गरिने छ ।
२७. गोवर्धन शर्मा अर्गानिक कृषि केन्द्रको शाखा नगरपालिकाको ४ वडामा प्रारङगिक मल उत्पादन तथा अर्गानिक कृषि अध्ययन र विस्तार केन्द्रका रुपमा विस्तार गरिनेछ ।
घ. दीगो पर्यटनको विस्तार
२८. ऐतिहासिक धार्मिक पर्यटन, प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन, विभिन्न जातिको मौलीक संस्कृतिक संरक्षण संम्बर्धन गरी पर्यटन व्यवसायलाई विस्तार गर्न सहयोग पुर्याइनेछ ।
२९. व्यास पराशर, छाब्दी मन्दिर, मानहुँकोट, गलेखामकोट,कालिका मन्दिर, ऐतिहासिक तनहुँसुर, पुलिमर्याङ, क्यामिन कालिका, कर्लुङकोट कालिका, चँमेरे गुफा, सितल गुफा, छाङ्गा बाराही, निर्वु बाराही, नारेश्वर ताल, दुम्सीकोट कालिका, देवीडाँडा, कुलुङकोटको पुर्वाधार विकास गरिने छ । दुम्सी दरैगाँउ, कालिडाँडा, जौवारी, आपश्वारा, केशवटार, कुलुङ, मानहुँ, तनहुँसुर, देवस्थल, लगायतका होमस्टेहरुको स्तरीकरणका गर्न सहयोग पुर्याइनेछ ।
३०. नगरपालिका भित्र आन्तरिक पद मार्गको विकास गरिनेछ ।
ङ. गुणस्तरीय शिक्षाको पहुँच विस्तार
३१. जनस्तरबाट स्थापित आदिकवि भानुभक्त क्याम्पसलाई शैक्षिक हवको रुपमा विकसित गर्दै मानक विश्वविद्यालयको पुर्वाधार निर्माणमा सहयोग पुर्याइनेछ ।
३२. समुदायिक विद्यालयहरुको भौतिक विकास गर्दै प्रविधियुक्त बनाई कक्षा १० सम्मको सामुदायिक विद्यालय शिक्षालाई निःशुल्क रुपमा प्रदान गर्न दरबन्दी मिलान र नगरपालिकाको आन्तरिक कोषबाट आवश्यक दरबन्दी तथा स्वंयमसेवक शिक्षकको व्यवस्था गरिने छ।
३३. कार्यालय सहयोगी, बालशिक्षक र लेखापालको पारिश्रमिकमा अनुदान प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३४. संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई न्यूनतमः तलबमान तोकी कार्यान्वयनमा ल्याइनेछ ।
३५. व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याई अभिभावक विहिन, विपन्न र विद्यालय पहुँच भन्दा बाहिरका विद्यार्थीलाई निशुल्क शिक्षा एवं आवासीय सुविधा प्रदान गरिने छ ।
३६. शिक्षकहरुको क्षमताबृद्दी एवं उच्च शिक्षा प्राप्त गर्न चाहेमा अनुदान सहयोग प्रदान गरिने छ ।
३७. वैज्ञानिक, शिपमुलक, व्यवसायीक शिक्षा तथा योग शिक्षाको व्यवस्था मिलाइनेछ ।
३८. उच्च शिक्षा आर्जन गर्न चाहाने विपन्न, प्रतिभावान, छात्रछात्राहरुलाई छात्रवृति सहयोगका कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
३९. सामुदायीक विद्यालयहरुको स्तरवृद्दी गर्न स्मार्ट र टिचिङ सिष्टम लागु गरिने छ ।
४०. बालमैत्री पूर्वाधारको निर्माण गरि व्यास नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिनेछ ।
४१. स्थानीय ज्ञान र सिपको संरक्षण र विस्तार गर्ने विद्यालयहरुलाई उचित प्रोत्साहनको व्यवस्था गरिने छ ।
४२. व्यास नगर भित्र भिन्न जात जातीका मौलिक भाषा संस्कृतिको संरक्षण र प्रबर्धन गरिनेछ । साथै भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव एवं एकता अभिबृद्दी गरिनेछ ।
४३. व्यास नगरपालिका भित्रका प्रतिभावान युवाहरुलाई व्यास नगर युवा परषद्को माध्यमबाट नगरपालिकासँग आवद्द गराई युवामैत्री नगरपालिका बनाइनेछ ।
च. स्वास्थ्य सेवाको स्तरीकरण र विस्तार
४४. नगरस्तरीय अस्पतालको निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ ।
४५. सबै वडाहरुका स्वास्थ्य संस्थाहरुलाई स्तरीकरण गर्दै नगरवासीको स्वास्थ्य सेवामा लगाइनेछ ।
४६. ज्येष्ठ नागरीक, महिला, बालबालिका केन्द्रित आखाँ शिविर, क्यान्सर लगायतका जटिल रोगहरु नियन्त्रणका लागि निशुल्क शिविरहरु सञ्चालन गरिनेछ ।
४७. प्रदेश सरकार मातहतको दमौली अस्पताललाई स्तरीकरण गर्ने र त्यहाँ सञ्चालित किड्नि सेन्टरबाट डायलासिस सेवा, लाई निरन्तरता दिन सहयोग पुर्याइनेछ ।
४८. जटिल विरामीहरुलाई उपचार खर्चमा सहयोग पुर्याउने कार्यक्रमलाई निरन्तरता दिइनेछ । विपन्न नागरीकको स्वास्थ्य वीमामा सहयोग पुर्याइनेछ।
४९. सामुदायीक माध्यमिक विद्यालयहरुमा स्वास्थ्य कर्मीको दरबन्दी सिर्जना गरी सेवा पुर्याइनेछ र आवश्यक ठाँउमा स्वास्थ्य सेवा केन्द्रहरु विस्तार गरिनेछ ।
५०. व्यास ११, पोल्याङमा शिक्षण अस्पताल स्थापनाको कार्यक्रम अगाढि बढाइने छ ।
५१. व्यास नगरका सवै वडाहरुमा एम्बुलेन्स सेवा पुर्याइनेछ ।
छ. सडक यातायात को विस्तार तथा स्तरोन्नती
५२. सवै वडा कार्यालय को पहुँच मार्गलाई कालोपत्रे गरिने छ ।
५३. खड्गकालि मार्ग, वेनिकोट, रामथुम्की, मुलपानी, दुम्सीचौर, निर्वु जोड्ने सडक, दोभान अधेरीभञ्ज्याङ( धैरेनी सडक लगायतका मार्गहरुलाई थप पक्की र व्यास मार्ग, बुद्दसिंह मार्ग, सिन्धु मार्ग, मानहुँकोट मार्ग र अन्य सहायक मार्गहरुलाई कालोपत्रे गर्ने कार्यलाई प्राथमिकताका साथ सहयोग पुर्याइनेछ ।
५४. कालिका मार्गलाई शहिद मार्ग नामाकरण गरी संघ, प्रदेश समेतको सहभागितामा कालोपत्रे गरिनेछ ।
५५. व्यास नगरभित्र चल्ने यातायातका साधनहरुलाई नियमित र व्यवस्थित गरी सर्व सुलव सेवा प्रदान गर्दै नगर वस सञ्चालनमा ल्याइनेछ ।
५६. नाला निर्माण नभएका तर कालोपत्रे सम्पन्न निजि सडकहरुमा पक्की नाला निर्माणलाई प्राथमिकतामा राखी ग्रामिण सडक सफाई गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
५७. व्यास ६ को मदीखोला पुल र व्यास १(२ जोड्ने बसपार्कको पुलका साथै अन्य आवश्यक ठाँउमा पुल निर्माण गरिनेछ ।
५८. वृहत मादी भ्याली एकीकृत परियोजनालाई प्रदेश र संघीय सरकारको सहयोगमा कार्यान्वयनमा ल्याइने छ ।
ज. फोहोरमैला व्यवस्थापन तथा सरसफाई अभियान
५९. व्यास नगरपालिकाको फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखी टोल विकास संस्थाको सहभागितामा कुहिने, नकुहिने फोहोर छुट्टाई पुनः प्रयोगमा आउने फोहोरलाई छनोट गरी बिक्रिका लागि व्यवस्थापन गरिनेछ र प्राप्त आम्दानीलाई सञ्चालन खर्च र टोल विकासका कार्यक्रममा सहयोग पुर्याइनेछ ।
६०. मलमुत्र विसर्जनको ढल विकास कार्यक्रम र सुडेँमा निर्माणधिन विसर्जन केन्द्रलाई सञ्चालनमा ल्याउन सहयोग पुर्याइनेछ।
६१. टोल संस्थाको सहभागितामा शुन्य पोलिथिन कार्यक्रमलाई निरन्तरता दिई प्लाष्टिक मुक्त अभियानलाई निरन्तरता दिइनेछ । साथै नगरलाई प्लाष्टिक मुक्त नगर बनाइनेछ ।
झ. योजनाबद्द विकास अभियानलाई निरन्तरता
६२. व्यास नगरपालिकाको दीर्घकालीन र मध्यकालीन योजनालाई समयानुकूल परिमार्जन गरी कार्यान्वयन गरिने छ ।
६३. भुमिहीन, अव्यवस्थित बसोबासीको जग्गा दर्ता गर्न र सार्वजनिक जग्गा संरक्षण गर्न, जिल्ला समन्वय समिति तनहुँको नाउँ रहेको देउरालीनगर जग्गाका बसोबासीहरुलाई जग्गा हस्तान्तरण गर्न संघ र प्रदेश सरकारसंग समन्वय गरि प्रकृया अघि बढाइनेछ ।
६४. व्यास नगरपालिकालाई २ वर्ष भित्र खरको छानामुक्त नगरपालिका बनाइनेछ ।
६५. जग्गा विकास आयोजनालाई कार्यान्वयन गरी कम्तिमा ३ वटा व्यवस्थित बसोबास तथा नयाँ शहर केन्द्र स्थापना गरिनेछ।
६६. स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताको ध्यानाकर्षणका लागि लगानी सम्मेलन गरि व्यास नगरको समग्र आर्थिक विकासका लागि लगानी मैत्री वातावरण सिर्जना गरिने छ ।
६७. व्यास भित्रका नदि नाला र पानीका मुहानहरुलाई संरक्षण गरिने छ ।
६८. कलेस्ति, छाब्दी, बुल्दि लगायतका भ्यालिहरुलाई व्यवस्थित र एकीकृत रुपमा विकास गर्न प्रदेश तथा संघीय सरकार संग सहकार्य गरिनेछ ।
६९. नगरपालिका भित्रका सार्वजनिक जग्गाको अभिलेख तयार गरी संरक्षण गरिने छ ।
७०. सबै सार्वजनिक सेवा दिने स्थानहरुलाई अपाङ्गता मैत्री बनाइनेछ ।
७१. स्थानीय वस्तु, कला र संस्कृति झल्काउने भवन निर्माणलाई प्रोत्साहन गरिने छ ।
७२. व्यास नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पुर्वाधार निर्माण गरिनेछ ।
७३. व्यास १० दुम्सीमा रहेको गौ संरक्षण केन्द्रलाई व्यवस्थित गरि गौ मुत्रको अध्ययन अनुसन्धान अघि बढाइनेछ ।
७४. नगर भित्रको सामुदायीक सरकारी वनको संरक्षण गर्दै वैकल्पिक उर्जा कार्यक्रमलाई अघि बढाइनेछ ।
७५. व्यास भित्रको जैविक विविधतालाई अभिलेखीकरण गरी संरक्षण गरिने छ ।
७६. व्यास नगरपालिकालाई सुरक्षीत र सुन्दर बनाउन सडक र फुटपाथलाई सुन्दर एवं व्यवस्थित बनाउने कार्यलाई निरन्तरता दिइनेछ।
७७. व्यास नगरभित्रको मजदुर र श्रमिकको तथ्याङ्क लिई विपन्नहरुको स्वास्थ्य वीमा गर्दै श्रमिक परिचयपत्र वितरण गरिनेछ ।
७८. सामाजिक न्यायको आधारभुत मान्यतालाई पालना गर्दै ज्येष्ठ नागरीक सेवा केन्द्र, सडक बालबालिका तथा संरक्षण विहिन बालबालिका, शहरी गरिब र संकटमा परेक महिलाहरुको पुर्नस्थापनाको व्यवस्था मिलाइनेछ ।
७९. क्रियापुत्री भवन, मरणघाट जस्ता संप्रदायका मृत्यू संस्कारको सहज व्यवस्थापन र स्तरीकरण गरिनेछ ।
८०. नेपाल सरकार, प्रदेश सरकारको मापदण्डको पालना गर्दै सवल घर, सवल बस्ती निर्माण गरिनेछ।
८१. सुशासन र पारदर्शिताको आधारमा विकास आयोजनाहरु सञ्चालन गरिनेछ । सामाजिक जवाफदेहिता विधिको पालना गर्दै सार्वजनिक सनुवाई, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षण गरिनेछ ।
८२. व्यास नगरपालिकलाई निजी क्षेत्र र व्यवसाय मैत्री बनाउने कार्येलाई अघि बढाइने छ ।
८३. उल्लेखित प्रतिबद्दता कार्यान्वयन गर्न नगरपालिकाको आन्तरीक प्रशासन एवं प्राविधिक सेवालाई प्रविधियुक्त बनाइनेछ । साथै कर्मचारी प्रशासनलाई जनमुखी एवं सेवामुखी बनाइनेछ ।
८४. वैदेशिक रोजगारीबाट फिर्ता भएका युवा, शैक्षिक बेरोजगार महिलाहरुको व्यवसायीक सहयोगको विशेष कार्यक्रम ल्याइनेछ।
८५v अपाङ्ग, अल्पसंख्यक, दलित जातिको सम्मान र पेशागत सुरक्षाको विविध कार्यक्रमहरु ल्याइनेछ।
८६. महिला, युवाहरुको स्वरोजगार एवं सीप विकासका विभिन्न कार्यक्रमहरु ल्याइनेछ ।
८७. नगरपालिकाको योजनाबद्द विकासका लागि विज्ञ एवं व्यवसायीक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु समावेश गरि नगर योजना आयोग गठन गरि कार्य गरिने छ।
८८. व्यास नगरपालिका भित्रका ऐतिहासिक एवं विसिष्ट योगदान दिनुहुने व्यक्तित्वहरुलाई सम्मानका विविध कार्यक्रम ल्याइनेछ ।








