तनहूँमा दोहोरिन चाहने जनप्रतिनिधिहरु सबै डेन्जर जोनमा

  • ख-
  • ख+

तनहूँ । स्थानिय निकायको निर्वाचन आउदै गर्दा टिकटको लागि रस्साकस्सिको लागि लागेका उमेदवारहरु अब चुनाव प्रचार प्रसारमा कस्सिएर लाग्न थाल्नुभएको छ । टिकट वितरणमा युवालाई मौका दिन र पुराना जनप्रतिनिधिहरु नदोहोरिन आग्रह गरेपनि देशभर जस्तै तनहूँ जिल्लामा पनि दोहोरिन चाहने धेरै जनप्रतिनिधिहरुको चाहनालाई नेताहरुले सदर गरिदिनुभएको छ ।
तनहूँको भानु , शुक्ला, भिमाद नगरपालिका र घिरिगं गाउँपालिकाका पुराना जनप्रतिनिधिहरुको पुनः उमेदवार हुने चाहना पुरा हुन नपाएपनि व्यास नगरपालिकामा बैकुण्ठनाथ न्यौपाने, म्याग्दे गाउँपालिकामा माया राना, बन्दिपुर गाउँपालिकामा पुर्णसिंह थापा, आँबुखैरेनी गाउँपालिकामा गिरबहादुर थापा, ऋषिगं गाउँपालिकामा राजेन्द्रकृष्ण श्रेष्ठ, देवघाट गाउँपालिकामा दुर्गबहादुर थापा पुन: आफ्नो पार्टीबाट उमेदवार बन्न पाउने भाग्यमानी बन्नु भएको छ ।
केहि दिनको छिनाछपटी टिकट खोसाखोसपछि टिकट प्राप्त गर्न सफल भएपनि दोहोरिने जनप्रतिनिधिहरुलाई पुनः दोहोरिन भने त्यति सजिलो नहुने लक्षण देखिईसकेको छ । पुनः व्यास नगरपालिकाको मेयर बन्न चाहनुभएका बैकुण्ठनाथ न्यौपानेको बाटोमा तगारो हाल्न गोविन्दराज जोशी पुत्र दिपकराज जोशी नेकपा एमालेको साथ र सहयोग लिएर अगाडि बढ्नुभएको छ । निवर्तमान् जनप्रतिनिधिप्रतिको स्वभाविक बितृष्णा उत्पन्न गर्ने हाम्रो समाजमा न्यौपाने आफु मेयर हुदाँ गरेको उल्लेख्य काम प्रतिवद्धता पत्रमा देखाउने नसक्नुले पनि उहाँलाई कमजोर बनाईसकेको छ भने ”कति सधै एउटै व्यक्तिलाई मात्र मौका ? खोई युवा ? पार्टीमा त्याग गरेको अरु व्यक्तिहरु नै थिएनन् र ? छैनन् र ? ” भन्ने एउटा समुहले दिपकराज जोशीलाई साथ दिने प्रवल सम्भावना रहेकोले नेपाली कांग्रेसको जिल्ला सभापतिमा पराजित बैकुण्ठनाथ न्यौपानेलाई व्यास नगरको मेयरको कुर्सीमा फेरि पुग्नु उर्लेको खोला तैरनु बराबर हुने पक्का भएकोछ ।
त्यसो त नम्र शालिन स्वभावकी म्याग्दे गाउँपालिकाकी प्रमुखमा दोहोरिने चाहना गर्नुभएकी माया रानाको अघिल्लो कार्यकाललाई जनताहरु तेत्ति सम्झन चाहदैनन् । कर्मचारीतन्त्रको रिगांईमा रिंग्ने बानीले गर्दा ”माया दिदीलाई अब माया दिन सकिदैन ” भन्नेहरु प्रशस्तै निस्केको कारण म्याग्देमा श्रीप्रसाद श्रेष्ठको निधारमा श्री लेखिन सक्ने प्रवल सम्भावना रहेको छ ।
पहाडकी रानी बन्दिपुरमा दोहोरिन चाहने पुर्णसिंहको चाहना पनि अपुर्ण हुन सक्ने प्रशस्त सम्भावनाहरु पहिल्यैदेखि देखापरिरहेका छन् । ”जनतालाई गाँस बास कपासको लागि केहि छैन , बन्दिपुरको टुँडिखेलको एउटा ट्वाईलेट मर्मत गर्न सक्नुछैन मिनी ग्रेटवाल ?” भनेर मुख बिगार्नेहरु धेरै भएको भएको कारण पुर्णसिंहको पुन अध्यक्ष हुने चाहना अपुर्ण हुनसक्दछ । ” ”गाउँपालिका प्रमुख र उपप्रमुखमात्र ? ६ वटै वडा क्लिन् स्विप गर्नुपर्छ ” भन्ने माओवादीको अभियानले सार्थकता पाउन सक्ने बलियो सम्भवनालाई नपत्याउदा नेकपा एमालेका उमेदवार सुरेन्द्र थापाले विगारिदन सक्ने पनि उत्तिकै सम्भावना रहेको छ । उल्लेख्य सर्मथकहरु भएपनि बन्दिपुर कांग्रेस कहिल्यै मिल्न नसक्ने स्वभावले गर्दा ”बन्दिपुरमा कांग्रेसले जित्नसक्छ” भन्दा पनि मानिसहरु हाँस्ने प्रवृत्तिको अन्त्य भईसकेको छैन । झन् गोविन्दराज जोशी समुहले एमालेसग तालमेल गरेपछि ”दुई कम्युनिष्टबिचको टक्करमा नेपाली कांग्रेस दर्शकमात्र हुने” त्यसक्षेत्रका धेरै मानिसहरुको अनुमान रहेको छ ।
आँबुखैरेनीमा दोहोरिने चाहना राख्नुभएका गिरबहादुर थापालाई पनि सजिलो भने कत्ति पनि हुने छैन । युवा उमेदवार शुक्र चुमान र नेकपा उमालेका ऋषि के.सी.मध्ये एकले ”तपाईले अघिल्लो कार्यकालमा खासै काम गर्नुभएन ” भनेर गिरबहादुर थापालाई औला ठड्याउदै पराजित गर्ने उत्तिकै सम्भावना रहेको छ ।
वौद्धिक व्यक्तित्व झुल बहादुर आलले टिकट नपाएपछि त्यसो त दोहोरिने चाहना राख्नुभएका राजेन्द्रकृष्ण श्रेष्ठको पुन ऋषिगं गाउँपालिकाको पुन अध्यक्ष हुने चाहना अपुरो हुन्छ भनेर आंकलन गर्नेहरु धेरै नै देखिएका छन् । त्यहिमाथि केन्द्रको नीति लत्याउदै कम्युनिष्टहरुबिचको एकताले मै खाँउ मै लाँउ सुखसयल सब् मै गरुँ भन्ने चाहनालाई धक्का पुग्न सक्ने प्रवल सम्भावना रहेको छ ।
मिठा र मिजासिला देवघाट गाउँपालिकाका निवर्तमान् अध्यक्ष दुर्गबहादुर थापाको हाँसो बैशाष ३० गते खोसिने सम्भावनालाई कसैले नकार्न सक्दैन । मिठो र मिजासिलो हुदाँमात्र हुदैन काम पनि गर्नुपर्छ भन्ने चेत अहिले खुलेर केहि हुनेवाला छैन भन्ने कुरालाई बल पुग्न सक्ने त्यसक्षेत्रका मानिसहरुको आकंलन रहेको छ ।

पुन: आफु नै पुरानो कुर्सीमा नै बिराजमान हुन चाहेर उमेदवार बन्नुभएका माथि उल्लेखित सबै श्रद्धेय महानुभावहरुले बाहिरी रुपमा ”आफुले गरेको बिकास निर्माणको कामलाई निरन्तरता दिन दोहोरिन चाहेको ” बताएपनि जनताले उहाँहरुमा भएको सत्ता मोह छर्लङ्ग बुझेका छन् । त्यसमाथि निवर्तमान् जनप्रतिनिधिहरुले जनजिविकाका सवालमा सम्बोधन गर्नभन्दा बढि आफु र आफ्नो गुट केन्द्रित भएर पालिकाहरु संचालन गरेको कारणले पनि विपक्षी पार्टी त पर जावोस् आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको साथ पाउने सम्भावना अत्यन्तै कम रहेकोले छ ।
दमौलीको चिया पसलका बिश्लेषकहरुको बिश्लेषणलाई आधार मान्ने हो भने माथि उल्लेखित महानुभावहरु पराजित हुनुभयो भने तनहूँमा पनि सचेत मतदाताहरुको संख्या बढेछ भनेर सोच्नुपर्नेछ रआँउदा दिनहरुमा जनप्रतिनिधिहरुले जनताको नाँडि छामेर काम गर्नुपर्ने अवस्था श्रृजना हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्