मध्यनेपाल १ मा विजयपथमा लम्कदै कांग्रेस उमेदवार विजय पौडेल

  • ख-
  • ख+

घरदैलो गर्दै वडा अध्यक्षका उमेदवार विजय पौडेल ( क्याप लगाउने) र अन्य

मध्यनेपाल नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका उमेदवार विजय पौडेल आफु विजयपथमा बढेको बताउनुभएको छ । आफुले प्रजातन्त्र र लोकतन्त्रको लागि लामो समयसम्म संघर्ष गरेको, विकास निर्माणका सवालमा सबैलाई सहयोग गरेको, लम्जुगंको मात्र नभईकन नेपालकै मध्यमागमा पर्ने यस वडालाई बिकास निर्माणमा कसरी अगाडि बढाउनुपर्छ भन्ने धेरै अगाडिदेखि नै खाका बुनिरहेकोले पनि मतदाताहरुले आफुलाई रोज्ने विश्वास लिनुभएको छ ।
यो त नेपाली कांग्रेसको गढ रहेको र अघिल्लो कार्यकालमा पनि नेपाली कांग्रेसले जितेको कारणले गर्दा खास्सै प्रतिष्पर्धा नहुने उहाँको भनाई छ । निर्वाचन भनेको तलमाथि, आफ्नो अर्को पार्टीका साथीहरु र स्वतन्त्र व्यक्तिहरु सबैलाई लिएर अगाडि बढ्नसक्ने व्यक्तिलाई चुन्ने अवसर भएको कारण मतदाताहरुले त्यो विवेक प्रयोग गर्ने उहाँको भनाई छ ।
कृषिमा आधुनिकरण, रोजगारीमुलक तालिम, स्थानिय निकायमा जनताको सहज पहुच, शिक्षा, स्वास्थ्य , रोजगारीमा सबैलाई समान व्यवहार गर्नु वडाको आवश्यकता रहेकोले घरदैलो कार्यक्रम गरिरहनुभएका पौडेलले आफु र आफ्ना उमेदवार साथीहरुलाई भोट दिन आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्