ऋषिगं ८ मा वडा अध्यक्षका स्वतन्त्र उमेदवार शहिद पुत्र भरतकृष्ण श्रेष्ठ सबैभन्दा बलियो

  • ख-
  • ख+

तनहूँ । तनहूँको ऋषिगं गाउँपालिकाका वडा नं. ८ वडा अध्यक्ष पदका स्वतन्त्र उमेदवार भरतकृष्ण श्रेष्ठ मतदाताहरुको सद्भावबाट एकदमै प्रसन्न हुनुभएको छ । शहिद पुत्र भरतकृष्ण श्रेष्ठलाई मतदाताहरुले तपाई र तपाईको योगदानलाई पार्टीले नचिनेर के भो त ? हामी चिन्छौ पिर नमान्नुस् हामी तपाईलाई भोट दिन्छौ भन्दा आफ्नो मन गहुगों भएको उहाँले बताउनुभएको छ ।
”स्थानिय निकायको चुनावमा पनि त्यागी, पार्टीभित्र योगदान गरेको व्यक्तिलाई नदिई नेताहरुले आफु खुशी टिकट बाँडेर अन्याय गरेको ” भन्दै भरतकृष्ण श्रेष्ठले वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिनुभएको छ ।
”भरतदाई सबैकुराले वडा अध्यक्ष हुन योग्य स्थानियबिच लोकप्रिय हुदाहुदै पनि पार्टीले अन्याय गरेर स्वतन्त्र उमेदवारी दिनुभएको छ यो त स्थानिय चुनाव भएकोले हामी राम्रो मान्छेलाई चुन्नेछौ सबै जना योग्य हुनुहोला तर भरतदाई बलियो र यस वडालाई चाहिने मान्छे हो ” एकजना स्थानियको भनाई रहेको छ ।
”प्रशस्त सम्भावना भएको ऋषिगं ८ लाई आर्थिक रुपमा समक्ष बनाउन, विकास निर्माण कामलाई तिब्ररुपमा अगाडि बढाउन आफु सक्ने ” भन्दै श्रेष्ठले घरदैलो अभियान संचालन गरिरहनुभएको छ । श्रेष्ठको चुनाव चिन्ह पुतली रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?