शुक्लामा कृष्णराज पण्डित र भानुमा आनन्दराज त्रिपाठीको अग्रता कायम

  • ख-
  • ख+

तनहूँ । स्थानिय निकायको निर्वाचनमा तनहूँका २ नगरपालिकामा नेपाली कांग्रेसका उमेदवारहरुको अग्रता कायम रहेको छ । शुक्लागण्डकी नगरपालिकामा कृष्णराज पण्डितले शुरु देखि कायम गरेको अग्रता कायम रहेको छ । उहाँले आफ्ना प्रतिद्धन्द्धि नेकपा एमालेका उमेदवार मुक्ति पण्डितलाई करिब ११ सय मतले पछाडि पारिररहनुभएको छ । त्यसैगरि भानु नगरपालिकामा युवा नेता आनन्द त्रिपाठीले नेकपा एमालेका उमेदवार सिताराम बजगाईलाई १९ सय मत गणना गर्दा १ सय ५० भन्दा बढि मतले पछाडि पार्नुभएको छ ।
यी दुवै नगरपालिकाम यसभन्दा अगाडि पनि नेपाली कांग्रेसका उमेदवारहरु विजयी हुनुभएको थियो र यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले नयाँ उमेदवारहरु पण्डित र त्रिपाठीलाई उमेदवारको रुपमा अगाडि बढाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?