मृर्गौला पिडित अब्दुलको उपचारको लागि ८ लाख २० हजार ५ सय सहयोग

  • ख-
  • ख+

तनहूँ । मंसिर १६ । व्यास नगरपालिका वडा नं. ४ निवासी मिर्गौला बिरामी अब्दुल गफ्फर मियाको दुवै मृगौला फेल भएर डेढ वर्षदेखि उपचारको खोजीमा रहेका मियाँलाई सहयोग जुटेको छ ।

गफ्फर बचाउ अभियानद्वारा विभिन्न संघ सस्था ब्यक्तिबाट संकलित ८ लाख २० हजार ५ सय रुपैया अभियानका संयोजक सुदिप मिया , ब्यास मुस्लिम समाजका अध्यक्ष सिदिक मिया, युवा व्यावसायिक सलिम मिया, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य सर्फु मियाको उपस्थितिमा बिरामीलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।
उक्त रकम पाए पश्चात बिरामी अब्दुलले आफुलाई उपचार गर्न सहयोग पुगेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्