उद्घाटन हुन नसकेको विवादित पुल

  • ख-
  • ख+

तनहूँ । मंसिर १७ । जनताले बर्षौ पहिलेदेखि उपभोग गरिरहेको व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने तालघरेको बुल्दी खोलाको पुल उदघाटन गर्ने सवालमा दमौली बजार दिनभर तनावग्रत हुन पुग्यो, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा उदघाटन गरिने कार्यक्रम राखेपनि नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले वर्तमान जनप्रतिनिधिहरुको उपेक्षा गर्दै पूर्व जनप्रतिनिधिहरुद्धारा उदघाटन गरिनु संघियता विरोधी कदमको रुपमा जिल्ला प्रसाशन कार्यालय तनहूँमा ज्ञापनपत्र बुझाउन जाँदा केहि युवा संघका केहि कार्यकर्ता समातेपछि स्थिति तनावग्रस्त भएर सिमित क्षेत्रमा निषेधआज्ञा जारी गरियो । त्यसपश्चात निषेधआज्ञाको उलंघन गर्दै पुल उदघाटन गर्न जान लाग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता लगायत नेपाली काग्रेसका अन्य नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ र पुल उदघाटनको विवादमा तनहूँको सदरमुकाम दमौली अस्तव्यस्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्