नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

  • ख-
  • ख+

तनहूँ । मंसिर १७ । जनताले बर्षौ पहिलेदेखि उपभोग गरिरहेको व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने तालघरेको बुल्दी खोलाको पुल उदघाटन गर्ने तनहूको दमौलीमा आउनुभएका रामचन्द्र पौडेल प्रसाशनको आग्रहलाई वेवस्ता गर्दै निषेधआज्ञा तोडेर उद्घाटनस्थलतर्फ जादै गर्दा वहाँ लगायतका केहि नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वहाँलाई ३ घण्टा नियन्त्रणमा लिए पश्चात साँझपख प्रहरीले रिहा गरेको छ । वहाँले मंगलवार प्रसाशनको आग्रहलाई वेवस्ता गर्दै व्यास नगरपालिका र रिसिगं गाउँपालिका जोड्ने सुडेको पुल उद्घाटन गरिसक्नुभएको थियो ।
आफ्नो क्षेत्राधिकार मिच्दै, संघियताको खिल्ली उडाउदै, वर्तमान जनप्रतिनिधिहरुको अपहेलना गर्दै पूर्व जनप्रतिनिधिहरुद्धारा उदघाटन गरिनु संघियता विरोधी कदमको रुपमा व्याख्या गर्दै नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले जिल्ला प्रसाशन कार्यालय तनहूँमा ज्ञापनपत्र बुझाउन जाँदा युवा संघका केहि कार्यकर्तालाई पनि नियन्त्रणमा लिएको थियो भने झडपको स्थिति आउन नदिन पुल रहेको स्थान वरपर प्रशासनले निषेधआज्ञा जारी गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्