नेपाली कांग्रेस तनहूँद्धारा आन्दोलनको घोषणा: बुधवार तनावग्रस्त दमौली

  • ख-
  • ख+

तनहूँ । नेपालका राजनितिक दलहरु के र कस्का लागि राजनिति गर्दा रहेछन् त्यस्को ज्वलन्त उदाहरण हेर्न टाढा जानुपर्दैन बुधवारको दमौली बजारको दृश्य हेरे पुग्छ ।
कुरा शुरु हुन्छ सोमवारबाट । सडक डिभिजन कार्यालयमा व्यास नगरपालिकाबाट व्यास नगरपालिका र रिसिगं गाउँपालिका जोड्ने बुद्धसिंह मार्गमा बनेको सुडेको पुल उद्घाटनमा सहभागी हुन निम्ता जान्छ । कार्यालयका डिई अमित श्रेष्ठ दंग पर्नुहुन्छ आफ्नो मातहतमा बनेको पुल व्यास नगरपालिकाको आयोजनामा कसरी उद्घाटन गर्ने ? जस्को बिहे उसैलाई नजिक नले भनेजस्तो भएन र ? व्यास नगरपालिकाको आयोजनामा मंगलवार नेपाली काग्रेसका वरिष्ठ नेता तथा आगामी महाधिवेशनमा सभापतिका सम्भावित उमेदवार रामचन्द्र पौडेलद्धारा उक्त पुल उद्घाटन गर्ने तयारी भईरहेको हुन्छ, नेता पौडेल दमौली आईसक्नुभएको हुन्छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका प्रमुखले क्षेत्राधिकार मिचेर पुल उद्घाटन गर्न नजान आग्रह गर्दा नेता पौडेलले आफु पुल उद्घाटन गर्न जाने बताउनुहुन्छ र मंगलवार पुल उद्घाटन हुन्छ ।
त्यहिबाट विवादको बिउ रोपिन्छ र बुधवार उद्घाटन गर्ने भनिएको र त्यसक्षेत्रका जनताले बर्षौ पहिलेदेखि उपभोग गरिरहेको व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने तालघरेको बुल्दी खोलामाथीको पुल उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भएपश्चात नेकपाका भातृ संगठनका कार्यकर्ताहरु क्षेत्राधिकार मिची संघियता र वर्तमान जनप्रतिनिधिहरुको अपमान गर्दै पूर्व जनप्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा पुल उद्घाटन कार्य गर्न पाईदैन भन्दै जिल्ला प्रशासन कार्यालय तनहूँँमा ज्ञापन पत्र बुझाउन जादा राष्ट्रिय युवा संघ तनहूँका संयोजक ईश्वर बत्स्याल, सह संयोजक भगवान श्रेष्ठ लगायतकालाई गिरफ्तार गरेपछि झडपको स्थिति आउन नदिन जिल्ला प्रसाशन कार्यालयबाट पुल रहेकोे सिमित क्षेत्रमा निषेधआज्ञा लगाईन्छ । तत्पश्चात वरिष्ठ नेता पौडेल निषेधआज्ञा जारी भएको स्थानतर्फ जान लाग्दा प्रहरीबाट धरपकड शुरु हुन्छ, वरिष्ठ नेता पौडेल लगायत नेका तनहूँका सभापति जितप्रकाश आले लगायतलाई प्रहरीले नियन्त्रणमा लिन्छ र ३ घण्टा पश्चात नियन्त्रणमुक्त गरिन्छ । नेपाली राजनितिमा देखिने अश्रुग्याँस, ढुगांमुढा हान्ने, टियर ग्याँस हान्ने, टायर बाल्ने क्रम चलिरहन्छ । घण्टौसम्म पृथ्वी राजमार्ग घण्टौसम्म अवरुद्ध हुन्छ ।
यस बारेमा प्रतिक्रिया लिदा नेपाली काग्रेस तनहूँँका पूर्व प्रवक्ता अशोक श्रेष्ठ वर्तमान सरकारले एकदलिय तानाशाहलाई पनि बिर्साउने काम गरेको बताउनुहुन्छ भने युवा संघ तनहूँका संयोजक ईश्वर बत्स्याल पूर्व जनप्रतिनिधिहरुले सबै काम गर्दै हिड्ने हो भने किन चाहियो जनप्रतिनिधि ? किन चाहियो संघियता ? सबैले आफ्नो काम, कर्तव्य र अधिकारको पनि बिचार गर्नुपर्छ नि होईन ? भन्नुहुन्छ ।
बर्षौसम्म जनताले उपभोग गरिसकेको पुललाई उद्घाटन गराउने र रोक्ने नाँउमा दिनभर बजार अस्तव्यस्त बनाउनुलाई सर्वसाधारणले त्यति राम्रो मानेका छैनन् भने जनताको पिरमर्कामा यसरी पलेटी कसेर बस्ने नेता भेटिएलान् र ? जनताको लागि यसरी दत्तचित्त भएर लाग्ने नेता पाईएलान् र भन्ने प्रश्न गरिरहका छन् । यो प्रकरणले नेताहरु जनताको पिरमर्का बुझ्न हैन कि शिलालेखमा आफ्नो नाम लेखाउन कति लालायित रहेछन् भन्ने प्रष्ट देखाएको छ । थाहा छैन यो उद्घाटन हुन नसकेको बुल्दि खोलामाथिको पुलले दमौलीलाई कतिदिनसम्म गिजोल्ने हो किनकी नेपाली कांग्रेसले तनहूँमा भोली पनि आन्दोलन गर्ने घोषणा गरिसकेको छ र धेरैले अनुमान गरेका छन् यो जुगाँ, ईगो र कुष्ठा मिश्रित लडाई धेरै दिनसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्