तनहूँ । व्यास नगरपालिका वडा नम्वर १० को वडा स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । व्यास १० का नवनिर्वातिच अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा बसेको गोष्ठिले वडा स्तरिय योजना तर्जुमा गरेको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा न्यौपानेले यस बर्ष प्रत्येक वडा लाई १ करोड २५ लाख दिने जानकारी दिनुभयो । बजेट वडालाई दिदा २ प्रकारले बजेट विनोजित गर्न लागिएको समेत उक्त अवसरमा उहाँले जानकारी दिनुभएको थियो ।
बजेटलाई पहिलो प्रथामितामा राख्दा अधुरो योजनाहरु पुर्णता दिने र विकासमा समेट्न नसकेका ठाउमा समेट्ने गरेर बजेट विनोजित गर्ने समेत जानकारी दिनुभयो । गोष्ठीमा निर्वतमान वडाअध्यक्ष तुलसीराम सापकोटा , पुर्व वडा अध्यक्ष मायानाथ कोइराला, नेकपा एमालेका वडा कमिटिका अध्यक्ष एवम् वडा अध्यक्षका प्रत्यासी मदन तिमल्सेना, नेपाली काङग्रेस वडा सभापति प्रेमराज मिश्र, नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष देवि भुसाल लागएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडाभित्र रहेका २८ वटा टोल विकासका अध्यक्ष वा प्रतिनिधिहरुले समेत आफ्नो टोलको बारेमा जानकारी गराउनु भएको थियो ।
वडाभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , प्राधानाध्यपक , आमा समुहको अध्यक्ष, प्रतिनिधिहरुको पनि सहभागिता रहेको गोष्ठीमा सहभागीहरुले खानेपानीको अभाव, , मल विऊको अभाव, सडकको स्तरउन्नति , सिपमुलक तालिम, प्राविधिक शिक्षा , सामुदायिक भवनहरुको निर्माण, कृषिको लागि माटोको परिक्षाण, वडा कार्यालयसम्म आउनको लागि यातायात समस्याहरुको समधान गर्न माग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
वडा सदस्य यज्ञ शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको गोष्ठिमा वडा सदस्य इश्वर पौडेलले धन्यवाद मन्तव्य गर्नुभएको थियो ।








