रामचन्द्र पौडेलको हातबाट उद्घाटन गरियो तनहूँमा उद्घाटन विवाद भएको पुल

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने तालघरेको बुल्दी खोलामाथीको पुलको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
तालघरे, दुम्सिचौर, पोखरेलफाँट मोटरमार्ग समितिका अध्यक्ष खड्कबहादुर अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रमको आयोजना भएको थियो उक्त अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य धुर्व वाग्ले, संविधान सदस्य रामचन्द्र पोखरेल लगायतका नेता तथा कार्यकर्ताहरु को उपस्थिति रहेको थियो ।
सडक डिभिजन कार्यालय तनहूँँसग स्विकृत नलिई, जिल्ला प्रशासन कार्यालय सग समन्वय नगरि बुधवारका दिन व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने तालघरेको बुल्दी खोलामाथीको पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भएपश्चात नेकपाका भातृ संगठनका कार्यकर्ताहरु क्षेत्राधिकार मिची संघियता र वर्तमान जनप्रतिनिधिहरुको अपमान गर्दै पूर्व जनप्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा पुल उद्घाटन कार्य गर्न पाईदैन भन्दै जिल्ला प्रशासन कार्यालय तनहूँँमा ज्ञापन पत्र बुझाउन जादा राष्ट्रिय युवा संघ तनहूँका कार्यकर्ताहरु समातिएपछि जिल्ला प्रशासन कार्यालय तनहूँले उद्घाटन कार्यक्रम रोक्न आग्रह गरेपनि कार्यक्रम राखेपछि सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहूँ निश्चित क्षेत्रमा निषेधआज्ञा जारी गरेको थियो र त्यसक्रममा उद्घाटनस्थल जान लाग्दा वरिष्ठ नेता पौडेल लगायतका अन्य नेताहरुलाई पक्राउ गरिएको थियो ।
बिहिवारको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता पौडेलले केपि ओलीको सरकारको खुलेर बिरोध गर्नुभएको थियो वहाँले ओली सरकारका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको थियो साथै वहाँले आफुले यो जिल्लाको बिकासको लागि थुप्रै योगदान गरेको हुनाले कसैको प्रशासनले पनि आफुलाई छेक्न नपाउने बताउनुभएको थियो । उक्त कार्यक्रममा उपस्थित नेताहरुले जिल्ला प्रशासन कार्यालयले हिजो गलत रवैया लिएको भनेर खुलेर भत्र्सना गरेका थिए । हिजो पुल उद्घाटन कार्य रोकिएपछि आजको कार्यक्रममा सहभागी हुन आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी तथा धुव्र्र वाग्लेले नेपाली कांग्रेसको जिल्ला नेतृत्वको गलत कृयाकलापको पनि बिरोध गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरुलाई व्यास नगरपालिका वडा नंं १० का अध्यक्ष तुलसीराम सापकोटाले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको कार्यक्रमको संचालन उक्त क्षेत्रका समाजसेवी ईश्वर पौडेलले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्