श्रीमानले कान्छो श्रीमानसँग बस्न नदिएपछि लक्ष्मीद्धारा आत्महत्या प्रयाश

  • ख-
  • ख+

काठमाण्डौ । बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् ।

‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् ।

वागमतीमा डुबेकी उनलाई श्रीमान् जितेन्द्रले नदीमा पसेर बचाएका हुन् ।

श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् । तर, उनका श्रीमान माझीले ५ वटै छोरा आफ्नो भएको दाबी गरे ।

जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् ।

माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् । (साभारः घटना बिचार साप्ताहिकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्