टिम नेपो तनहूँद्धारा बसन्तपुरमा शैक्षिक सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ टिम नेपो तनहूँले भानु नगरपालिका वडा नं. ७ बसन्तपुरको श्री जय मंगल प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई ३२ थान झोला तथा शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

भानु नगरपालिका वडा नं. ७ का वडा सदस्य श्री सन्त बहादुरको थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले टिम नेपोको कामको प्रशशां गर्नुभएको थियो भने उक्त अवसरमा टिम नेपो तनहूँका अध्यक्ष मिन कुँवरले संस्थाको बारेमा जानकारी दिनुभएको थियो।

कार्यक्रममा टिम नेपो तनहूँका भोलेन्टिएर को अर्डिनेटर दिल बहादुर थापा र कार्यक्रम संयोजक संस्थाका सक्रिय सदस्य पवित्रा भुजेल र सन्ध्या श्रेष्ठको पनि उपस्थिति ररहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्