मंसिर १८ । तनहूँ जिल्ला बन्दिपुर गाउँ पालिका बडा नं. १ नाहालाको सुमिरा रेष्टुरेन्ट एक जना पुरुषको शव प्राप्त भएको छ । गोरखा आरुघाट घर भएका २७ बर्षिय पुरुषको शव फेला परे पश्चात स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मुु्चुल्का उठाई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डुम्रे वृत्तका प्रहरी निरिक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । मृतक केहि समयदेखि उक्त रेष्टुरेन्टमा कुकको रुपमा कार्यरत थिए ।








