तनहूँ । तनहूँको व्यास नगरपालिकाले नगरवासीको सास्या वा गुनासाहरु सन्नको लागि कल सेन्टर स्थापना गर्न लागेको छ । हालै समपन्न व्यास नगरपालिकाको ३७ नगरसभामा विपरितआर्थिक बर्ष २०७९ ।८० को नीति तथा कार्यक्रमको १४६ नम्बरमा २४ घण्टा खूुला रहने गरि कल सेन्टर स्थापना गरिने जनाईएको छ । नीति तथा कार्यक्रममा जनाईएपनि कहिलेबाट उक्त सेवा शुरु हुने नजनाईएपनि व्यासमा कल सेन्टर कसरी चल्छ होला ? सानो सानो समस्या त हल गर्न नसकिरहेको नगरपालिकाले फोनबाट टिपाईएका समस्या र गुनासाहरु कसरी सम्बोधन होला ? त्यसतर्फ मानिसहरुले धारणा बनाउन थालिसकेका छन् ।
धेरै अगाडिदेखि नगरपालिका भएपनि व्यास नगरपालिकाक्षेत्रमा बस्ने कर तिर्नमा बाहेक सबै बासिन्दाले हामी पनि व्यास नगरका बासिन्दा हौ भन्ने अनुभव नपाएको बेला अरुको सिको र देखावटी रुपमा स्थापना गर्न लागिएको कल सेन्टरले झनै नगरपालिकाको साख गिराउने अनुमान गरेका छन् भने अर्को तर्फ आफ्नो घर अगाडि लगेर आफै फोहोर थुपार्ने अनि भिगां भन्किएपछि जनप्रतिनिधि र कर्मचारीलाई गाली गर्ने मानसिकताले जरो गाडेको समयमा कल सेन्टर स्थापना झनै प्रत्युपादक हुने ठहर धेरैले निकालेका छन् । नगपालिकाको कल सेन्टर स्थापना गर्ने योजना सुनेपछि एक बुद्धिजिवि भन्नुहुन्छ ”नगरपालिकाको कल सेन्टर स्थापना भयो भने सबैभन्दा पहिला फोन गर्नेछु र भन्नेछु पहिला व्यास नगरवासीलाई आफ्नो घर अगाडि सडकमा सानो खाल्टाखुल्टी परेको छ भने त्यो खाल्टाखुल्टी पुर्न पनि नगरपालिकाको मुख ता्कने बानी हटाउनुस् भन्ने जनचेतना बढाउनुस् अनि बल्ल कल सेन्टर स्थापना गर्नुस् भनेर सल्लाह दिनेछु अनि केहि मानिसलाई रोजगारी दिन स्थापना गर्न लागिएको कल सेन्टरले झनै नगरपालिकालाई उदागों पार्नेछ पनि भन्नेछु ।”








