बलात्कारको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ

  • ख-
  • ख+

बैतडी । २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने बैतडि जिल्ला मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उजुरी दिएकै दिन पीडित महिलाको स्वास्थ्यपरीक्षण जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् । (साभारः अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?