स्कुलमा लडेर खुट्टा भाँचिएको बालकलाई सिमलटारको आमा समुह र टोल बिकास संस्थाको सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ बाघभन्ज्यांगमा रहेको वेदव्यास प्राथमिक विद्यालयमा खेल्नेक्रममा लडेर खुट्टा भाँच्चिएका बिद्यार्थी विप्लव परियारलाई उक्त वडा कै जानकी आमा समुह र विरता टोल बिकास संस्था आर्थिक सहयोग गरेको छ । व्यास ४ सिमलटार निवासी कक्षा १ मा पढ्ने बिद्यार्थीको खेल्नेक्रममा लड्न गई खुट्टा भाँचिएपश्चात आर्थिैक अवस्था कमजोर भएका कारण आमा समुह र टोलि विकास संस्था मिलेर निज परियार लाई १० हजार २ सय ५५ रुपैया सहयोग गरिएको हो । उक्त सहयोग रकम जानकी आमा समुहकी अध्यक्ष नानुमाया बस्नेत र विरता टोल बिकास संस्थाकी सचिव चन्द्रकला बोहोराले हस्तान्तरण गर्नुभएको हो ।
समाजमा बसोवास गर्ने हरेक तह र तप्काका मानिसहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ हामीले उक्त बालकको स्वास्थ्य उपचारमा सहज होस् भनेर सहयोग रकम हस्तान्तरण गरेको जानकी आमा समुहकी अध्यक्ष नानुमाया बस्नेतले बताउनुभएको थियो ।
उक्त अवसरमा विरताटोल बिकास संस्थाका अध्यक्ष सरोज बस्नेत, जानकी आमा समुहकी उपाध्यक्ष कल्पना अधिकारी, सचिव रमा गिरी, सिद्धेश्वरी महादेव मन्दिरका अध्यक्ष मनोहरी खनाल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?