पोखरा । प्रेस चौतारी नेपालले गण्डकी प्रदेशको ११ वटै जिल्लामा इन्चार्जहरु तोकेको छ । जस अनुसार तनहूँको ईन्चार्जमा कास्कीकी स्मिता अधिकारी तोकिनुभएको छ । त्यसैगरि कास्की जिल्लाको प्रेस चौतारीको इञ्चार्ज रुद्र श्रीश मगर तोकिनुभएको छ भने हिमलाल पराजुलीलाई स्याङ्जाको इञ्चार्ज बनाईएको छ । पर्वतको इञ्चार्ज गणेश पौडेल , लमजुङ इञ्चार्ज बिक्रम न्यौपाने, सहइञ्चार्ज बेलिना थापा चयन गरिएको छ । त्यसैगरि तारानाथ आचार्यलाई बाग्लुङको इञ्चार्ज बनाउदा म्याग्दी इञ्चार्जमा कञ्चन थापा कोइराला चयन हुनुभएको छ । हिमाली जिल्ला मुस्ताङको इञ्चार्जमा तिलक बि. क. चयन हुदाँ अर्को हिमाली जिल्ला मनाङको इञ्चार्जको जिम्मा कबिता श्रेष्ठलाई दिईएको छ । त्यसैगरि गोर्खा इञ्चार्ज किरण लोहनी हुनुभएको छ भने नवलपुर इञ्चार्ज हिमालदेव पंगेनीहुनुभएको छ ।








